ह्याङ्जाकोटमा विशाल बजारका व्यवसायी

समाधान संवाददाता २०७६ पुष १३ गते १४:२७

समाधान संवाददाता, पाेखरा

बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्ले कास्कीको पर्यटकीय गाउँ माछापुच्छ्रे गाउँपालिका धितालको ह्याङजाकोटमा अवलोकन भ्रमण गरेको छ ।
एसोसियसनका सचिव बुद्धि कुँवरको संयोजनको भएको उक्त अवलोकन भ्रमण टोलीलाई स्थानीय आमा समूह, युवा क्लबसहितको टोलीले पञ्चेबाजासहित स्वागत गरेको थियो । स्वागत कार्यक्रम पश्चात आयोजित कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनका अध्यक्ष केशव खत्रीले पोखरा नजिकै रहेर पनि यति सुन्दर ठाउँ ओझेलमा परेकोले यसको प्रचार गर्न विशाल बजारको टोली आएको बताए । खत्रीले व्यवसायी साथीहरुका अनेक किसिमका तनावहरु बिर्साउन ह्याङ्जाकोट उचित ठाउँ रहेको बताए ।

एसोसियसनका निर्वतमान अध्यक्ष प्रदीप मुल्मीले ह्याङ्जाकोटमा सामाजिक काम गर्न एसोसिएसन तयार रहेको बताए । भ्रमण संयोजक तथा एसोसियसनका सचिव बुद्धि कुँवरले ह्याङ्जाकोटको होमस्टे रमाइलो रहेको यहाँको पाहुनाप्रतिको स्वागत सत्कारले आफूहरुलाई फेरि पनि आउने वातावरण बनाएको बताए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका उपाध्यक्ष शिव शर्मा, महासचिव ईन्द्र अर्याल, कोषाध्यक्ष राजु केसी ह्याङ्जाकोट होमस्टे संयोजक ईश्वर गुरुङ, अनिल गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया