काजीपोखरीमा बास्केटलबल जारी

समाधान संवाददाता २०७६ पुष १४ गते १२:५६

समाधान संवाददाता, पोखरा

पोखरा १४ स्थित काजीपोखरी युवा क्लबले आयोजना गरेको चौंथो बास्केटबल प्रतियोगिता जारी छ । आइतबार ६ खेल सम्पन्न गर्दै अघि बढेको आयोजक संस्थाले खेल १५ गतेसम्म हुने जनाएको छ ।

कालिका बहुमुखी क्याम्पस र पश्चिमाञ्चल कलेजबीच भएको खेलमा कालिका बहुमुखी क्याम्पसको स्कोर ५२, पश्चिमाञ्चल कलेजको ६० स्कोर प्राप्त गरी पश्चिमाञ्चल कलेज विजयी भएको छ । दोस्रो खेलमा रामघाटले ६३ स्कोर र ढुंगेपाटनले ५४ स्कोर प्राप्त गर्दा रामघाट विजयी भएको छ । त्यसैगरी ताङतीङ बी ले ५८ स्कोटर प्राप्त गर्दा हिस्तानले ७४ स्कोर प्राप्त गरेको थियो । ७४ स्कोरले हिस्तान विजयी बनेको छ ।

Advertisement

ताङतिङ ‘ए’ र नारचिङबीच हुने खेलमा नारचिङ अनुपस्थित भए पछि ताङतिङ ‘ए’ विजेता बनेको छ । अर्काे खेलमा काजीपोखरी ‘बी’ र चितवन राइनोबीच हुने खेलमा चितवन राइनो अनुपस्थित भए पछि काजीपोखरी ‘बी’ विजेता बनेको हो । त्यसैगरी आइतबारको अन्तिम खेल गलेश्वर र खिलाङबीच भएको थियो । खेलमा गलेश्वरले ४७ स्कोर प्राप्त गर्दा खिलाङले ८० स्कोर प्राप्त गरी खिलाङ विजयी बनेको खेल प्रतियोगिताका संयोजक किरण अधिकारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया