रोशनीको ‘पृथ्वीलाई एक फन्को’ लोकार्पण

समाधान संवाददाता २०७६ पुष १४ गते १३:००

समाधान संवाददाता, पोखरा

कवि रोशनी गुरुङको कविता संग्रह ‘स्वर्गको एक फन्को’ आइतबार पोखरामा लोकार्पण भएको छ । कृतिको लोकार्पण मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ, सीता गुरुङ, प्रकाश ज्ञवाली र गौरी तमुले गरेका हुन् ।

गुरुङ पोखरामा साहित्य तथा पत्रकारितामा सक्रिय छिन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर कृति सार्वजनिक गरेकी हुन् । कार्यक्रममा कृतिबाट २ कविता कवि माया घोताने गुरुङ, रीता अधिकारीले वाचन गरेका थिए ।

Advertisement

साहित्यकार तीर्थ गुरुङले कविताबाट कवि गुरुङले स्थानीय लवज र भोगाइलाई प्रस्तुत गर्न खोजेको विचार राखे । उनले कविता कला र विचारले बन्ने भएकाले त्यसमा पनि ध्यान दिन आग्रह गरे । ‘साहित्य साधनामात्रै होइन, गम्भीर साधना हो,’ उनले भने ।

कवि गुरुङले आफू कविता सिकिरहेको र आफ्नो कविता जाँच्न संग्रह प्रकाशन गरेको बताइन् । ‘स्कुले लेबलदेखि नै लेख्थें । तर, कविता केहो भन्ने अझै थाहा पाउन सकेको छैन,’ उनले भनिन् । साहित्यकार गौरी तमुले कवि रोशनी पछिल्लो पुस्ताकी बलियो हस्ताक्षर भएको बताइन् । गुरुङ साहित्य महोत्सवले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया