नरभक्षी चितुवालाई पासो

समाधान संवाददाता २०७६ पुष १६ गते १२:४२

समाधान संवाददाता, दुलेगौंडा

तनहुँको शुक्लागण्डकी–३ राटमाटामा २२ महिने बालकको चितुवाको आक्रमणबाट मृत्यु भएपछि नियन्त्रणका लागि पासो राखिएको छ । डिभिजन वन कार्यालय तनहुँबाट ल्याइएको फलामको पासो मंगलबार वन छेउमा राखिएको हो । ढाङढुङे ठूलोपाखा तीन पोखरी सामुदायिक वनमा बाख्रासहित पासो थापिएको हो ।

आइतबार साँझ करिब साढे ६ बजे राजु नेपालीका २२ महिनाका छोरा रविनको मृत्यु भएको थियो । ‘फलामको पासोमा चितुवा नपर्न पनि सक्छ,’ सब डिभिजन वन कार्यालय शुक्लागण्डकी बेलचौताराका प्रमुख काशिराज पण्डितले भने, ‘यसबाट नभए परम्परागत खोर बनाउन आवश्यक छ ।’

Advertisement

मानिसलाई आक्रमण गर्न थालेपछि सचेतनाका अभियान थालिएको छ । सब डिभिजन वन कार्यालय शुक्लागण्डकी बेलचौताराको आयोजनामा मंगलवार रातमाटामा सचेतनामूलक कार्यक्रम गरिएको छ । वडा नंं. १, २, ३, ६ का बासिन्दा कार्यक्रममा सहभागी भएका थिए । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य मुक्तिनाथ तिमिल्सिनाले स्थानीय सचेत भई बालबालिकाको हेरचाह गर्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया