पोखरामा तीन सवारी एकआपसमा ठोक्किए, दुईको मृत्यु

समाधान संवाददाता २०७६ पुष १६ गते १४:५३

समाधान संवाददाता, पाेखरा

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेमा ग१ख ९४०५ नम्बरको बस, ग२च २७२६ नम्बरको जिप र ग१६प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बुधबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकल चालक तनहुँ घर भएका १९ वर्षीय रोनश गुरुङ र जीप चालक पोखरा महानगरपालिका घर भएका ३६ वर्षीय सरोज लामाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले ज‍नाएको छ।

Advertisement

दुर्घटनामा घाइते भएका जीपमा सवारमध्ये एक जनाको मणिपाल अस्पताल र अन्य एक जनाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ।

तीन वटै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया