२० लाख पर्यटक ल्याउने आधार छन्

समाधान संवाददाता २०७६ पुष १६ गते १५:२४

योगेश भट्टराई

२०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाउँदै छौं । २० लाख पर्यटक भित्राउने घोषणा गरेका छौं । पर्यटक आउनलाई पूर्वाधारको पर्याप्तता चाहिन्छ । हामीले विदेशबाट आउने पर्यटकलाई गनेर २० लाख पुर्‍याउने भनेका छौं । यो, मूलभूत हिसावमा हवाइ मार्गबाट आउने पर्यटकको संख्या हो ।

त्यसका निम्ति एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको क्षमता बढाएका छौं । विगतका वर्ष १०१८ भन्दा सन् २०१९ मा पर्यटकको संख्यामा केही प्रतिहत घटेको छ । त्यतिबेला मुख्य केही कारण थिए । काठमाडौं–दिल्ली, दिल्ली काठमाडौं उडान भर्दै आएको जेट एयर आफैं बिगठनको स्थितिमा गयो र त्यसले उडान बन्द गर्‍यो । अर्को मलेसियाको कोलालाम्पुर–काठमाडौं, काठमाडौं–ोलालाम्पुर हवाई सेवा दिइरहेको एयर एसियाले पनि उडान बन्द गर्‍यो । सुरुमा ३ महिना र पछि १ महिना त्रिभुवन विमानस्थलमा रन वे लगायतको काम गर्न बेलुका ७÷८ बजेबाट बन्द गर्नुपर्‍यो । यी कारणले बिगतमा २५ प्रतिशतमा वृद्धि भएको पर्यटकको संख्या २०१९ मा १० देखि १५ प्रतिशतको हाराहारीमा मात्र सीमित छ ।

Advertisement

२०२० मा प्रवेश गर्दा यी सबै स्थितिबाट माथि उठेका छौं । त्रिभुवन विमानस्थलको मैदान पनि खुला भइसकेको छ । क्षमता पनि बढिसकेको छ । थप अन्तर्राष्ट्रिय विमान उड्नका लागि पनि अब समस्या छैन । अहिले काठमाडौं विमानस्थल २१ घण्टा सुचारु भएको छ र अब २४ सै घण्टा नै चलाउन सक्न्े अवस्थामा आइपुगेका छौं ।

दिल्ली–काठमाडौं, काठमाडौं दिल्ली उडान पनि केही नयाँ एयरलाइन्सहरुले थपेका छन् । एयर एसियालाई पनि फेरि उडान अगाडि बढाऊ भनेका छौं । अरु केही नयाँ एयरलाइन्स पनि यो बीचमा थपिएका छन् । चीनका विभिन्न सहरमा उडानहरु थपिएका छन् । नेपालको हिमालयन एयरलाइन्सले चीनको बेइजिङ लगायतका विभिन्न सहरमा उडान सुरु गरेको छ । नेपाल वायु सेवा निगमले यसअगाडि देखि नै उडान गरिरहेको छ । अब छिट्ट नै अन्य सहरमा पनि उडान थप्ने क्रममा छौं ।

Advertisement

२०२० को मध्यमा पुग्दा नपुग्दा र्गातम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौं । काठमाडौंमा अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ७२ लाख मान्छेहरुलाई सुविधा दिइराखेको छ । यो संख्या हरेक वर्ष १३ प्रतिशतले वृद्धि भइराखेको छ । गौतम वुद्ध विमानस्थल सुरु भएपछि थप पर्यटकहरु नेपालमा आउने सहज वातावरण बन्छ । यी सबै कुराले पनि हामी २० लाख पर्यटक पुयाउन सक्छौं । हाम्रो लक्ष्य पूरा गर्ने आधार यी हुन् ।

नेपालको अन्तर्राष्ट्रिय बजार, छवि आज धेरै माथि उठेको छ । यो पनि अर्को आधार हो । नेपाल दुनियाँको गन्तव्य लिस्टमा परिराखेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुले पनि नेपाल उत्कृष्ठ गन्तव्य हो भनेर प्रचार गरिराखेको हो । भारत र चीनले विशेष ढंगले पर्यटन वर्षलाई सहयोग गर्ने बाचा गरिराखेको छ ।

२०२० को जनवरी १ मा काठमाडौंसँगै सातै प्रदेशबाट सुभारम्भ गर्दैछौं । सुभारम्भका क्रममा विभिन्न देशका पर्यटन मन्त्रीहरुलाई निमन्त्रणा गरेका छौं । चीन, भारत, म्यानमार, युएई, कम्बोडिया, जापान, बंगलादेश, कतारबाट आउँदै हुनुहुन्छ । यो उद्घाटन कार्यक्रमबाट मात्रै पनि नेपाल भ्रमण वर्षको प्रचार गर्छौं ।

जनवरी ७ मा विश्वभरिका सबै नेपाली कटनितिक नियोगहरुले भ्रमण वर्षको सुभारम्भ आआफ्नो देशमा गर्नुहुन्छ । गैरआवसिय नेपाली संघसँग हामीले सम्झौता नै गरेका छौं । विश्वका सबैजसो मुलुकमा कुनै न कुनै प्रवद्र्धका कार्यक्रम गर्ने भनेका छौं ।

यही डिसेम्बर ३१ मा विश्वका सबैभन्दा २० अग्ला टावरहरुमा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको प्रवद्र्धन गर्ने भनेर गैरआवसिय नेपाली साथीहरु लागिरहनु भएको छ । साथै अन्तर्राष्ट्रिय मिडियाहरुमा भ्रमण वर्षको प्रचारका निम्ति सम्झौता पनि गरेका छौं ।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । स्वदेशी र विदेशीहरुका निम्ति उत्कृष्ठ गन्तव्य हो । प्रदेश र स्थानीय सरकारले पनि उत्साह देखाइरहनु भएको छ । पोखराले अझ आफ्नो क्षमता बढाउनुपर्छ । २०२१ को सुरुमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछौं । अहिलेसम्म ५२ प्रतिशत काम सकिइसकेको छ । यो धेरै राम्रो प्रगति हो ।

६ महिना अगाडि नै विमानस्थलको काम सकिने छ । त्यसैले पोखराको अहिलेको संरचनाले मात्रै पुग्दैन । यहाँको रात्रीकालीन जीवनलाई अझ बढाउनु पर्छ । प्रदेश र स्थानीय सरकार अनि पर्यटन व्यवसायीसँग बसेर पोखरालाई कसरी अझै व्यवस्थित बनाउन सकिन्छ भनेर लाग्ने छौं । पोखरालाई विशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अझै के कस्ता प्याकेज अगाडि बढाउने हामीले योजना बनाइरहेका छौं । म निजी क्षेत्रलाई पनि भन्न चाहन्छु आउनुस् पिपिपि मोडमा काम गरौं । थप पर्यटकीय गन्तव्य र ठूरा संरचना बनाऔं म आह्वान गर्न चाहन्छु । किनभने अन्तर्राष्ट्रिय विमानस्थल चल्दैछ । त्यो बेला योभन्दा थप केही पोखराले दिन सकेन भने एयरपोर्टको बिजनेसलेमात्रै धान्दैन ।

तपाईको प्रतिक्रिया