गीत ‘यति धेरै’ सार्वजनिक हुँदै

समाधान संवाददाता २०७६ पुष १६ गते १५:२७

समाधान संवाददाता, पाेखरा

गायक अमित बरालको नयाँ गीत ‘यति धेरै’ पुस १८ गते रिलिज हुने भएको छ । नेपाल आइडल सिजन २ बाट चर्चित बनेका बरालको स्वर रहेको गीतको म्युजिक भिडियो अमित पुस्पन अफिसियल नामक युटुब च्यानलबाट सार्वजनिक गरिने बरालले जानकारी दिए ।

युटुबमा सार्वजनिक गरिएको गीतको टिजर थोरै समयमा लोकप्रिय भएको छ । नेपाल आइडलमा पुस्पन प्रधानको ‘पंक्षी’ गीत गाएपछि बरालले चर्चा बटुलेका थिए । बरालले यस अघि सार्वजनिक गरेका ‘म तिम्रै हुँ’,‘यता मेरो रगतले’ र ‘पिरतिको जाल’ लगायतका गीत लोकप्रिय छन् ।

Advertisement

बरालको नयाँ प्रस्तुती ‘यति धेरै’ गीतमा हर्कुलस बस्नेतको शब्द÷संगीत र रिकेश गुरुङको संगीत संयोजन छ । नव कलाकार शिव श्रेष्ठ र निरन्जली लामाले अभिनय गरेको गीतको भिडियो पेमामान सिंह तामाङले निर्देशन गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया