म्युजिक भिडियोमा मुस्ताङी सौन्दर्य

समाधान संवाददाता २०७६ पुष १७ गते १२:३८

एसके थकाली
जोमसोम

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको अग्रसरतामा मुस्ताङीको सौन्दर्य र सम्पदा समेटेर २ म्युजिक भिडियो निर्माण भएमा छन् । नेपाल भ्रमण वर्षको अवसरमा पर्यटन बोर्ड गण्डकीले बुधबार पोखरामा गरेको नेपाल पर्यटन वर्ष २०२० को समुद्घाटन समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ती म्युजिक भिडियो सार्वजनिक गरे ।

गीतमा गण्डकी प्रदेशकै पर्यटन लाइफ लाइनसँग जोडिएको मुस्ताङ चिनाउने प्रयास गरिएको छ । म्युजिक भिडियो लाफा म्युजिक युटुब च्यानलमा राखिएको छ । मुख्यमन्त्री गुरुङले मुस्ताङ चिनाउने गीतका सर्जक रामजी खाँड र संगीता थापामगर, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतलाई सम्मान गरे । संगीतबाट मुस्ताङका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई चिनाएर पर्यटन प्रर्वद्धनमा योगदान गर्ने भिडियो बनाएको बिष्टले बताए ।

Advertisement

बाक्लो हिमपात भएको गत मंसिरमा म्युजिक भिडियो सुटिङ भएको थियो । उनले नेपालको पर्यटन क्षेत्रलाई दिगो बनाउन गीतसंगीत उपयुक्त माध्यम भएको सुनाए । २ लोकगीत र १ आधुनिक गीत सार्वजनिक गरिएको हो । रामजी खाँड र संगीता थापमगरले ‘लोमान्थाङमै बसम्’ बोलको गीत गाएका छन् ।

गायिका जुनु रिजालको स्वर रहेको लोमान्थाङ जाउ बोलको म्युजिक भिडियोमा निशा गुरुङले अभिनय गरेकी छिन् । म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफर प्रकाश भट्ट छन् भने शब्द रमेश बिजीका हुन् । दुबै गीतमा संगीत संयोजन सुरेश अधिकारी र बिबी अनुरागीले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया