हिमाल आरोहण अभियानलाई सार्थक बनाइने छ

माछापुच्छ्रे, गंगापूर्ण, गन्धर्वचुली, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो लगायत विश्व प्रशिद्ध सुन्दर र आकर्षक हिमालको काखमा रहेको माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेको माछापुच्छ्रे हिमाल आरोहण अभियानलाई सार्थक बनाउन प्रयास गरेको छ ।
त्यसका लागि गण्डकी प्रदेश र संघीय सरकारँग आवश्यक सहकार्य गरेर निश्कर्षमा पुर्याउने प्रयत्न गाउँपालिकाले गरेको छ । गाउँपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनामा पर्यटन विकास तथा प्रवद्र्धनसँग सम्बन्धित योजना अन्तर्गत पर्वतारोहणका लागि विभिन्न हिमालहरुको आधार शिविर तयार गर्ने नीतिगत निर्णय भएको छ । आधार शिविरसम्म पुग्नका लागि आवश्यक पूर्वाधारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य अगाडि बढाइएको छ ।
गाउँपालिकाको उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटकीय विकास र व्यवस्थापनका लागि पर्वतारोहण तालिम केन्द्र स्थापना गर्ने योजना छ । पर्यटनको प्रशस्त सम्भावना रहेको गाउँपालिकामा पदयात्रामा आउने स्वदेशी तथा विदेश पर्यटक आकर्षण गर्नेदेखि उनीहरुको बसाइ लम्बाउने ध्यान दिइने छ । मर्दी हिमाल तथा तारा हिमाल पदमार्ग, माछापुच्छ्रे नमुना पदमार्ग र घलेखर्क सिक्लेस पदमार्गलाई व्यवस्थित गरिने छ । पदमार्गहरुको मर्मत सम्हार, रेलिङ निर्माणमा गाउँपालिकाले ध्यान दिएको छ ।
गाउँपालिकाले पर्यटकको बसाइ लम्बाउन बन्जीजम्प, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइबिङ, पर्वतारोहण जस्ता साहासिक पर्यटनलाई बढवा दिने नीति अगाडि सारेको छ । गाउँपालिकाले होमस्टेहरुको प्रवद्र्धन र व्यवस्थापनका क्रममा १६ होमस्टेलाई १÷१ लाखको दरले अनुदान दिएको छ । गाउँपालिकामा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रका सार्दीखोलाको तातोपानी कुण्ड, पिपरताल, पातीखोला गुफा लगायतको प्रवद्र्धन गरी पर्यटकीय रुपमा विकास गरिने छ । पर्यटन दिवस, नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा विविध कार्यक्रम गर्ने गाउँपालिकाले योजना बनाएको छ । पर्यटन, कृषि, उर्जा र पूर्वाधार समृद्ध माछापुच्छ्रेको आधार’ भन्ने नारा अगाडि सारेको गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ ।





खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया