हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिसहित ८ को मृत्यु

एजेन्सी, ताइपेई
ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ।
ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको थियो।
प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए।
हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
मृतकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन्।
हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्यो भन्ने कारण खुल्न सकेको छैन।
जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो।









पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
रघुगंगाको दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली
नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया