क्रस दी बोर्डरमा पर्यटन बोर्डका सिइओ जोशी

समाधान संवाददाता २०७६ पुष १७ गते १८:३४


पोखरा, १७ पुस

उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को शुक्रबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।

कार्यक्रमको यो शृंखलामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक जोशीलाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । ‘नेपालमा पर्यटनको वर्तमान अवस्था र पर्यटन बोर्डका आगामी रणनीतिबारे कार्यक्रममा छलफल हुनेछ,’ थापाले भने । बुधबारदेखि सुरु भएको नेपाल भ्रमण वर्षका कार्यक्रम र योजनाबारे पनि जानकारी कार्यक्रममा मिल्ने उनले बताए ।

Advertisement

‘नेपालीमा पर्यटक आगमन भलबाढी जस्तो नहोस्, सदावहार रुपमा समानुपातिक गतिमा पर्यटक कसरी ल्याइरहने भन्ने क्रस दी बोर्डरको केन्द्रीय विषय हुनेछ,’ थापाले भने । हालैका दिनमा नेपालमा आउने पर्यटकले गर्ने खर्चभन्दा नेपालबाट बाहिर घुम्न जाने नेपालीले गरेको खर्च बढेको सन्दर्भमा कसरी महँगा र गुणस्तरीय पर्यटक ल्याउने भनेर गम्भीर छलफल गरिने पनि उनले बताए । ‘हाम्रो सवल पक्ष के हो र दुर्वल पक्ष के हो भनेर विश्लेषण पनि हुनेछ,’ उनले भने ।

क्रस दी बोर्डर कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया