क्रस दी बोर्डरमा पर्यटन बोर्डका सिइओ जोशी
पोखरा, १७ पुस
उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को शुक्रबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।
कार्यक्रमको यो शृंखलामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक जोशीलाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । ‘नेपालमा पर्यटनको वर्तमान अवस्था र पर्यटन बोर्डका आगामी रणनीतिबारे कार्यक्रममा छलफल हुनेछ,’ थापाले भने । बुधबारदेखि सुरु भएको नेपाल भ्रमण वर्षका कार्यक्रम र योजनाबारे पनि जानकारी कार्यक्रममा मिल्ने उनले बताए ।
‘नेपालीमा पर्यटक आगमन भलबाढी जस्तो नहोस्, सदावहार रुपमा समानुपातिक गतिमा पर्यटक कसरी ल्याइरहने भन्ने क्रस दी बोर्डरको केन्द्रीय विषय हुनेछ,’ थापाले भने । हालैका दिनमा नेपालमा आउने पर्यटकले गर्ने खर्चभन्दा नेपालबाट बाहिर घुम्न जाने नेपालीले गरेको खर्च बढेको सन्दर्भमा कसरी महँगा र गुणस्तरीय पर्यटक ल्याउने भनेर गम्भीर छलफल गरिने पनि उनले बताए । ‘हाम्रो सवल पक्ष के हो र दुर्वल पक्ष के हो भनेर विश्लेषण पनि हुनेछ,’ उनले भने ।

क्रस दी बोर्डर कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया