अस्ट्रेलियामा ३ नेपालीको मृत्यु

समाधान संवाददाता २०७६ पुष २० गते १२:१२

समाधान संवाददाता, सिड्नी

सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका २ जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु भएको हो । चितवनका विशाल सेढाईं र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अर्का १ नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको भने उपचार भइरहेको छ । सिड्नीबाट ३ सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का १ नेपालीको पनि डुबेर मृत्यु भएको थियो । तलाउमा डुबेर रूपेन तामाङको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया