स्टेसन माघदेखि नयाँ भवनमा

समाधान संवाददाता २०७६ पुष २० गते १२:५३

समाधान संवाददाता
पोखरा

माघदेखि पोखरा ग्रैहापाटनमा रहेको द फुड क्लब एन्ड ससेज पार्क सञ्चालनमा आउने भएको छ । ग्राहकको माग अनुसार नयाँ भवनमा फरक स्वाद दिने नयाँ व्यवस्थापनका साथ अहिले रहेको भवन नजिकै सरेको सञ्चालक आयुष श्रेष्ठले बताए ।

डेढ दशकअघि पोखराको चिप्लेढुंगामा ठेलाबाट सुरु गरेको व्यवसाय निभा गल्ली, गैरापाटन हुँदै पुनः नयाँ व्यवस्थापनका साथ फुड स्टेसनको नाममा सुरु हुँदै छ । पार्कमा मःम, फ्राइ आलु, ससेज तथा फास्ट फुड आइटमसँगै झिर उपलब्ध हुनेछ ।

Advertisement

अहिले सञ्चालनमा रहेको गैह्रापाटनको रेस्टुरेन्टकै आडमा रहेको भवनमा सरेसँगै फरक ढंगले गुणस्तरीय खाजा उपलब्ध गराउने श्रेष्ठले प्रतिवद्धता गरे । श्रेष्ठले जीवनमा धेरै बाधा, अड्चनसँग जुध्दै जिम्मेवारी निरन्तर बोकेर स्टेसन यो अवस्थमा आएको उल्लेख गरे ।

स्टेसनले हाल २४ जनालाई रोजगारी दिएको छ । अब एकै पटक २ सय जनालाई सेवा दिन सक्ने पार्कले जनाएको छ । स्टेसनमा करिब १ करोड लगानी भएको उनले जनाए । स्टेसनका धेरै भित्ता थ्रिडी आर्टले सजिएका छन् । थ्रिडी क्यामेराबाट फोटो खिच्दा आर्ट नजिकै र राम्रो देखिन्छ । हिमालयन रोडिज उपविजेता पोखरा लामाचौरका अनिमेश शाहीले कोरेका ६० वटा थ्रिडी तथा ग्राफिटी कला स्टेसनका भित्तामा छन् ।

Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले निरन्तर मेहेनत गरे ढिलो चाँडो फल प्राप्त हुने बताए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सञ्चारकर्मीलाई आफ्नो कर्मसँगै व्यवसायसमेत गर्न सुझाव दिए । पत्रकार उत्तम पौडेलले केही हजारबाट सुरु गरेको व्यवसाय अहिले यो अवस्थामा पुग्नुको राज समर्पण भएको बताए । आयुषका सहकर्मी एवं गायक विनोद बानियाले निरन्तरको लगन र समर्पणले सफलता दिलाउने बताए ।

तपाईको प्रतिक्रिया