राष्ट्रियसभाकाे १८ पदका लागि ४५ उम्मेदवार

समाधान संवाददाता २०७६ पुष २१ गते १२:२९

समाधान संवाददाता
पोखरा

राष्ट्रियसभा सदस्यको १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार उम्मेदवारी मनोनयपत्र दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका १÷१ पदका लागि ३÷३ को उम्मेदवारी परेको छ । प्रदेश नम्बर २ मा महिला, दलित, अल्पसंख्यक र अन्य समूहका १÷१ पदका लागि २÷२ जनाले उम्मेवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ३ मा महिला र अन्य समूहका १÷१ पदका लागि ३÷३ को उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ । गण्डकी प्रदेशमा महिला र अन्य समूहका १÷१ पदका लागि महिलातर्फ २ र अन्य समूहतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराए । प्रदेश नम्बर ५ मा महिला १, अल्पसंख्यक १ र अन्य समूहका १÷१ पदका लागि क्रमश २, ३ र ४ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

कर्णाली प्रदेशमा रिक्त हुने महिला १ र अन्य समूहको १ पदका लागि २÷२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर ७ मा महिला र अन्य समूहका १÷१ पदका लागि २÷२ जनाको उम्मेदवारी परेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

फागुन २० मा २ वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट महिला ७, दलित २, अल्पसंख्यक २ र अन्य समूहबाट ७ सदस्य निर्वाचित हुनेछन् ।

Advertisement

पदावधि सकिनेमध्ये १ सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

तपाईको प्रतिक्रिया