धरान महोत्सवमा पोखरा महानगरको सहभागिता

समाधान संवाददाता
पोखरा
धरान उपमहानगरपालिकाको स्थापना दिवसमा भएको धरान महोत्वसमा पोखरा महानगरपालिकाका प्रतिनिधि सहभागी भएका छन् । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली नेतृत्वको टोलीले पुस १८ देखि २० गतेसम्म भएको महोत्सवमा सहभागिता जनाएको हो ।
पोखरा र धरानबीच २०५७ सालमा सांस्कृतिक भागिनी सम्बन्ध कायम भएपछि दुवै नगरबीच सहयोग आदानप्रदान हँुदै आएको छ । प्रवक्ता नेपालीले धरान र पोखरा सहर भौगोलिक र सांस्कृतिक हिसाबले मिल्दोजुल्दो भएको बताए । उनले भ्रमण वर्ष २०२० लाई सफल पार्न दुवै नगरले पर्यटक आदानप्रदान गर्ने उल्लेख गरे ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले दुवै नगरले पर्यटन प्रवद्र्धनका लागि मिलेर काम गर्र्ने उल्लेख गरे । कार्यक्रममा पोखराको प्रतिनिधि मण्डलले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, धरानका मेयर राई र उपमेयर लक्ष्मी सुवेदी भण्डारीलाई उपहार स्वरुप भ्रमण वर्ष २०२० लेखेको स्विटर र गलब्न्दी उपहार दिएको छ ।
धरानको तर्फबाट घुम्न जाऔं धरान लेखिएको टिसर्ट पोखराका प्रतिनिधिलाई दिइएको प्रवक्ता नेपालीले जानकारी दिए । उनले धरानको स्थापना दिवस प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले आइतबार केक काटेर र धरान घुम्न जाऔं लेखेको बेलुन उडाएर उद्घाटन गरेका थिए ।
पोखराको प्रतिनिधि मण्डलमा प्रवक्ता नेपालीसँगै पोखरा २१ का अध्यक्ष निर्मल दियाली सुनार, वरिष्ठ इन्जिनियर महेन्द्र गोदार, वडा नम्बर ६ का वडा सदस्य प्रभा पन्त, वडा नम्बर १२ का सदस्य विष्णु विक र सारंगी बादक धनबहादुर गायक छन् ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया