गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने

समाधान संवाददाता, काठमाडाैं
अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो ।
जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो । योसहित १९ बुँदे प्रतिबद्धता व्यक्त भएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।
उनका अनुसार प्रतिबद्धता पालना भए/नभएको विषयमा अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी/प्रा.लि.का प्रतिनिधिसहित ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।
ढकालले १७ पुसमा भाडाका सार्वजनिक सवारीसाधानको अनुगमन गरेपछि व्यवसायीसँग यो प्रतिवद्धता गराइएको हो ।

तपाईको प्रतिक्रिया