ग्लोबल रिचको एजुकेसन फेयर

समाधान संवाददाता
पोखरा
शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचले पोखरामा अस्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ । माघ ४ गते पोखरामा हुने फेयरको तयारी तीव्र पारिएको छ । शनिबार हुने फेयरमा अस्ट्रेलियाका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीको सहभागिता रहनेछ ।
सिटी स्क्वायर बैंक्वेटमा हुने फेयरमा वैदेशिक अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँका कलेज र युनिभर्सिटीका प्रतिनिधिलाई भेटेर जानकारी लिन सक्नेछन् । ‘यो फेयरमा विद्यार्थीलाई धेरै जानकारी मिल्नेछ । कलेजकै प्रतिनिधिसँग उनीहरुले प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन्,’ ग्लोबल रिच पोखरा शाखा प्रमुख सरिता गुरुङले भनिन्, ‘फेयरमा आउने विद्यार्थीले विभिन्न अफरसमेत पाउन सक्छन् ।’
फेयरमा आउने विद्यार्थीले अन द स्पट एप्लिकेसन र स्कोलरसिपको सुविधा पनि पाउने कम्पनीले जनाएको छ । ‘अस्ट्रेलिया अध्ययनका लागि आवश्यक प्रक्रिया र त्यहाँ पुगिसकेपछि विद्यार्थीले पाउने अवसरका विषयमा विज्ञहरुमार्फत नै बुझ्न पाइन्छ,’ ग्लोबल रिच पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले भने, ‘त्यसैले विद्यार्थीले सकेसम्म यो फेयर नछुटाएकै राम्रो ।’
फेयरमा आउने पहिलो १ सय विद्यार्थीलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्परसमेत दिने बताएको छ । त्योसँगै फेयरमा शैक्षिक कर्जाको विषयमा पनि जानकारी दिइनेछ । ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मुख्य कार्यालय रहेको यो कम्पनीका फरक फरक देशमा ४० भन्दा बढी शाखा छन् । अस्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत, नेपाल लगायतका एसियन मुलुकमा कम्पनी सक्रिय छ । १६ वर्षदेखि काठमाडाेंबाट सेवा दिइरहेको कम्पनीका हाल पोखरासँगै बुटवल र चितवनमा पनि शाखा छन् ।
तपाईको प्रतिक्रिया