सपिङ र मनोरञ्जनका लागि व्यापार मेला

समाधान संवाददाता २०७६ पुष २२ गते १३:११

समाधान संवाददाता
पोखरा

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा मेचीदेखि महाकालीसम्मका उत्पादनका स्टल छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामान किनमेलका लागि मेला उपयुक्त थलो बनेको छ । संघका कोषाध्यक्ष सुरेन्दमान बिजुक्छेले मेलामा सर्वसाधारणले मनोरञ्जनसहित सस्तोमा सपिङ गरिरहेको बताए ।

‘मेलामा साबुनदेखि घरायसी प्रयोगमा आउने सबै सामान राखिएका छन्’, उनले भने, ‘कृषिजन्य उत्पादन, जडिबुटी, भाँडाकुडा तथा औद्योगिक उत्पादन प्रदर्शनी तथा बिक्री मेलाको विशेषता हो ।’ पोखराको औद्योगिक क्षेत्रमा उत्पादित औद्योगिक उत्पादन, दोलखाको जिरीमा रहेको सर्वखास अर्गानिक कृषि फारामबाट उत्पादन भएको किबीदेखि महेन्द्रनगरमा उत्पादन भएको सतिसालका भाँडाले मेला साँच्चिकै प्रदर्शनी तथा बिक्रीको थलो भएको उनको भनाइ छ । विभिन्न ब्रान्डका गाडी तथा मोटरसाइकल प्रदर्शनी पनि मेलामा समेटिएको छ ।

Advertisement

मेलामा जारी सांगीतिक कार्यक्रमले पनि अवलोकर्तालाई मनोरञ्जन दिएको छ । सोमबार लोकदोहोरीतर्फ जुना श्रीसमगर, तारापति सुवेदी, राजेन्द्र सापकोटा, मधु चापागाईँ, कुमार पुन, ईश्वर सिंह तथा हाँस्य कलाकार निर्मल र प्याकुलीको प्रस्तुति रह्यो । ओम गुरुङ र लक्ष्य ब्यान्डले दमदार प्रस्तुति दिए । मंगलबार लोकदोहोहीतर्फ राधिका हमाल, सविना गुरुङ, सरस्वती लामिछाने, रीता कार्की कुँवर, शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, केशव देवकोटा, परशुराम अधिकारीले प्रस्तुति राखे । पपतर्फ सुमित ग्रुप, देउराली ब्यान्ड हाँस्यतर्फ पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसनसहित लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिता भएका छन् । खुला एकल नृत्य प्रतियोगिता अर्काे आकर्षण रहेको सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए ।

संघका महासचिव अर्जुन पोखरेलले सोमबार करिब १० हजारले मेलाको अवलोकन गरेको बताए । मेला समुद्घाटनका दिन तय गरिएको प्रभातफेरी सोमबार निकालिएको छ । प्रभातफेरीमा १ सय २० आमा समूह, टोल विकास संस्था तथा वस्तुगत संघहरुको उपस्थिति रहेको संघकी उपमहासचिव चिनुकुमारी गुरुङले बताइन् । प्रभातफेरीमा सहभागीमध्ये आमा समूह र टोल विकास संस्थामा चिउली पार्चे आमा समूह पहिलो भयो भने वस्तुगत संघतर्फ सिटी रेवान उत्कृ बन्यो । मेलाको प्रवेश टिकट अन्तर्गत दिइने लक्की ड्रमार्फत सोमबारको प्रवेश टिकटको प्याराग्लाइडिङ उडान पुरस्कार टिकट नम्बर ४१९६ तथा ३२ इन्चको टेलिभिजन टिकट नम्बर ३६२७ ले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुस २८ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया