पोखरा महोत्सवलाई संघ, संस्थाको साथ

समाधान संवाददाता २०७६ पुष २२ गते १३:४३

समाधान संवाददाता
पोखरा

पोखरा मरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ, संस्था तथा महिला समूहले सघाउने प्रतिवद्धता गरेका छन् । युनाइटेड क्लबको आयोजनामा पुस २९ देखि माघको १२ गतेसम्म महोत्सव हुँदै छ । हालै भएको भेलाका सहभागीले सामाजिक काममा अग्रणी युनाइटेड क्लबलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

महोत्सवका प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले पोखरा महोत्सव सबै पोखरेलीको साझा महोत्सव भएको बताए । उनले सर्वसाधारणको पैसा उनीहरु नै फिर्ता गर्ने महोत्सवलाई विगतमा जस्तै दर्शकले साथ दिने अपेक्षा गरे । थापाले भने, ‘स्वयंसेवी संस्थाले आयोजना गरेको महोत्सवको आम्दानी हामी सर्वसाधारणलाई नै फिर्ता गर्छाैं । मनोरञ्जन, समाजसेवा र स्थानीय उत्पादनलाई प्रोत्साहन र किनमेलको संगम महोत्सवलाई सबैले सघाउने अपेक्षा गरेका छौं ।’

Advertisement

पोखरा महोत्सवको झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजक पवित्रादेवी गुरुङले विगतका महोत्सवमा जस्तै यो पटक पनि संघ, संस्था, आमा समूह, महिला समूह लगायतलाई झाँकी तथा ¥यालीमा सहयोग गर्न आग्रह गरिन् । संघ, संस्था समन्वय उपसमिति संयोजक सीमा गुरुङले महोत्सवलाई भव्य बनाउनका लागि सहयोग गरिदिन समन्वय गरिरहेको उल्लेख गरिन् । महिला तथा आमा समूह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सव सफल बनाउन पोखरा महानगरभित्रका महिला तथा आमा समूहको उल्लेखनीय भूमिका भएको बताइन् ।

युनाइटेड क्लबका अध्यक्ष तथा दशौं पोखरा महोत्सव मुल आयोजक समिति संयोजक लालकाजी गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया