इरानले गर्यो इराकस्थित दुई अमेरिकी सुरक्षा अड्डामा मिसाइल हमला

एजेन्सी
अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ।
मंगलबार इरानमा सुलेमानीको अन्तिम संस्कार गरिने बताइएको भएपनि सोमा सहभागीबीच भागदौड मच्चिँदा ४० जनाको ज्यान गएपछि स्थगित गरिएको थियो।
अमेरिकी सञ्चारमाध्यम सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिँदै इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ।
‘यी मिसाइलहरू इरानबाट हानिएको स्पष्ट छ। इराकका अल-असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्धनका मानिसहरू बस्ने ठाउँलाई निशाना बनाइएको छ’, अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्तव्यमा भने।
उनले इरानी सरकारले अमेरिकी सुरक्षा फौज र चाहनामाथि आक्रमण गर्ने योजना गरिरहेकाले आक्रमणपछि सुरक्षा आधार क्षेत्रलाई उच्च सतर्कतामा राखिएको बताए।
सो क्षेत्रमा रहेका अमेरिकी नागरिक, साथी तथा गठबन्धनको सुरक्षाका लागि आवश्यक कदम चालिने पेन्टागनले बताएको छ।









लेकसाइडमा फुड, म्युजिक र कल्चरको उत्सव
सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया