शुक्रबार राति चार घन्टा चन्द्रग्रहण लाग्ने
समाधान संवाददाता
२०७६ पुष २४ गते ११:२७

समाधान संवाददाता, काठमाडाैं
पुस २५ गते शुक्रबार राति ४ घन्टा बढी चन्द्रग्रहण लाग्नेछ।
राति १० बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ। यो ग्रहण सन् २०२०को पहिलो चन्द्रग्रहण हुनेछ।
शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नाङ्गो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।
यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन। पात्रोमा प्रायजसो नाङ्गो आँखाले देख्न सकिने ग्रहण मात्रै उल्लेख गरिएको भट्टराईले बताए।
सम्बन्धित








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया