शुक्रबार राति चार घन्टा चन्द्रग्रहण लाग्ने
समाधान संवाददाता
२०७६ पुष २४ गते ११:२७

समाधान संवाददाता, काठमाडाैं
पुस २५ गते शुक्रबार राति ४ घन्टा बढी चन्द्रग्रहण लाग्नेछ।
राति १० बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ। यो ग्रहण सन् २०२०को पहिलो चन्द्रग्रहण हुनेछ।
शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नाङ्गो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।
यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन। पात्रोमा प्रायजसो नाङ्गो आँखाले देख्न सकिने ग्रहण मात्रै उल्लेख गरिएको भट्टराईले बताए।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया