बसपार्कमा स्वास्थ्य क्लिनिक

समाधान संवाददाता २०७६ पुष २४ गते १२:३४

समाधान संवाददाता
पोखरा

पोखरा ९ स्थित पोखरा बसपार्कमा बुधबारदेखि महानगरले साप्ताहिक स्वास्थ्य क्लिनिक सुरुआत गरेको छ । पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले क्लिनिक उद्घाटन गरेका थिए ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले क्लिनिकका सेवाबारे जानकारी दिए । बसपार्कस्थित कृष्ण टोल, शिव टोल, पार्वती टोल, शुभकामना टोल, जनकल्याण टोल, गणतान्त्रिक टोल लगायतका टोलबासीका लागि लक्ष्य गरी सहरी स्वास्थ्य केन्द्र पोखरा ९ नयाँबजारका स्वास्थ्यकर्मी तथा टोलबासीको सक्रियतामा कृष्ण टोल विकास संस्थाको आफ्नै भवनमा सञ्चालित क्लिनिक हरेक हप्ताको बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

Advertisement

बालस्वास्थ्य सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, कीटजन्य रोग प्राथमिक उपचार, ओपिडी सेवा लगायत सहरी स्वास्थ्य केन्द्रबाट पाइने सबै सेवा क्लिनिकमा उपलब्ध हुने स्वास्थ्य महाशाखाका सिअहेब अधिकृत अर्जुनबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया