घट्याे प्याजकाे मुल्य

समाधान संवाददाता, काठमाडाैं
केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरु भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।
बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।
त्यस्तै, चिनियाँ प्याजकाे प्रतिकेजी १ सय १५ रुपैयाँ र थाेक बजारमा औसत मुल्य ८५ रुपैयाँ रहेकाे कालिमाटी तरकारी बजारको तथ्यांकले देखाउँछ।
कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको बताए। श्रेष्ठले भारतले प्याजमा गरेको प्रतिबन्ध फुकुवा नगरे पनि केही खुकुलो भएको कारण नेपाली बजारमा पनि मूल्य घटेको बताए ।
एसियाकै सबभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ। भारतीय संचार माध्यमकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ।
नासिकमा पछिल्लो केही दिनमा प्याजको मूल्य प्रति क्विन्टल ४ हजार भारुसम्म घटेको छ। संचार माध्यमहरूले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन्।
मूल्य घट्ने शंकाले किसानहरू प्याज बेच्न हतार गरिरहेको बताइएको छ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया