राधाकृष्ण वृद्धाश्रमलाई वासिङ मेसिन सहयाेग

समाधान संवाददाता २०७६ पुष २५ गते १४:१५

रामशरण नेपाली
लेखनाथ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीले आफ्नो ३० औं स्थापना दिवसमा वासिङ मेसिन, फलफूल तथा खाद्यान्न सहयोग गरेको छ । व्याब्सन कास्कीले पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमलाई मेसिनसहित खाद्यान्न सहयोग गरेको हो ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले वृद्धाश्रमका अध्यक्ष प्रेम लिगललाई मेसिन र खाद्यान्न हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री प्रदान गर्दै अध्यक्ष शर्माले आश्रमका बुवाआमालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

Advertisement

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष विरबहादुर बुढाथोकीले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि प्याब्सन स्थापना भएको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक कार्यलाई प्याब्सनले देशभर योजनाबद्ध ढंगले निरन्तरता दिँदै आएको बताए ।

प्याब्सन कास्की सचिव शोभामोहन पौडेलले आश्रमको अवस्था र भाविष्यको योजनाका बारेमा जानकारी दिएको सहसचिव वेदप्रसाद वस्ताकोटीले जानकारी दिए । आश्रममा ३१ जना वृद्धा र १६ जना वृद्ध गरी ५१ जनाले आश्रय लिँदै आएका छन् भने २१ जना वटुकले गुरुकुल विद्याश्रममा अध्ययन गरिरहेका छन् ।

Advertisement

स्थापना दिवसकै अवसरमा प्याब्सन कास्कीले पोखरामा आयोजित कार्यक्रममा स्थापनाको २५ वर्ष पूरा गरी रजत जयन्ती मनाएका विभिन्न निजी विद्यालयलाई सम्मान गरिएको सभामा २० वर्षसम्म सेवाप्रदान गरेका शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया