भुजुङका आमाले सिके भाषणकला

समाधान संवाददाता २०७६ पुष २५ गते १४:२१

समाधान संवादादता
पोखरा

लमजुङको क्व्होंला सोंथर गाउँपालिका वडा नं. ४, भुजुङका आमाहरुले उद्घोषण तथा भाषणकला तालिम लिएका छन् । युम्बु विकास आमा समूह, भुजुङको आयोजनामा ५ दिने तालिम भएको हो । क्व्होंला सोंथर गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको तालिमको समापन गर्दै वडाध्यक्ष खिमबहादुर गुरुङले आमा, दिदीबहिनीहरूको क्षमता विकासका लागि तालिमले महŒवपूर्ण भूमिका खेल्ने बताए ।

विगतमा शासकीय कमजोरीका कारण महिलाहरू पछाडि पारिएको बताउँदै वडाध्यक्ष गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । वडा सदस्य पित्रमान गुरुङले यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय, भुजुङका प्रतिनिधि पुरुषोत्तम मुडबरीले महिला सशक्तिकरणका लागि उद्घोषण तालिम उपयोगी हुने बताए ।

Advertisement

तालिमका प्रशिक्षक एवं नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले तालिममा सिकेका कुरालाई तालिममा मात्र सीमित नराख्न आग्रह गर्दै उद्घोषण तथा भाषणकलामार्फत् नेतृत्व विकास गर्न सकिने धारणा राखे ।

Advertisement

तपाईको प्रतिक्रिया