तनहुँमा बस खस्दा दुईको मृत्यु, १७ घाइते

समाधान संवाददाता २०७६ पुष २५ गते १४:३७

समाधान संवाददाता, तनहुँ

पाल्पाबाट तनहुँको भिमाद जाँदै गरेको ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

तनहुँको घिरिङ ३ मानपुरमा सडकबाट झण्डै ४० मिटर तल खसेर भएको उक्त बस दुर्घटनामा घिरिङ १ का २० वर्षीय मुना थापाको घटनास्थलमै मृत्यु भएको छ।

Advertisement

दुर्घटनामा घाइते भएकी घिरिङ ३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घइते भएका अन्य १७ जना यात्रुको अवस्था भने सामान्य रहेको ट्राफिक प्रहरी कार्यालय दमौलीका भूमिराज घिमिरेले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया