प्रहरीलाई गोरखा नगरपालिकाबाट मोटरसाइकल

समाधान संवाददाता २०७६ पुष २७ गते १२:१९

समाधान संवाददाता, गाेरखा

गोरखा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई २ वटा मोटरसाइकल प्रदान गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी र चुस्त बनाउन भन्दै नगरपालिकाले १५० सिसीको २ वटा पल्सर मोटरसाइकल प्रहरीलाई दिएको हो ।

बुधबार नगरपालिकाको कार्यालयमा आयोजित मोटरसाइकल हस्तान्तरण कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीलाई चाबी हस्तान्तरण गरेका हुन् । चाबी बुझाउँदै नगरप्रमुख पन्तले नगरपालिकामा कुनै पनि घटना घट्न नदिन प्रहरीलाई अनुरोध गरे । साधनकै कमजोरी देखाएर घटनालाई कमजोर आंकलन गर्न नहुने उनको धारणा थियो ।

Advertisement

तपाईको प्रतिक्रिया