बिपन्न महिला मजदुरलाई आवास गृह बनाउन माग

समाधान संवाददाता २०७६ पुष २७ गते १३:०४

समाधान संवाददाता, पाेखरा

गण्डकी प्रदेश सभा सदस्य तथा ट्रेड युनियन महासंघ जिफन्ट उपाध्यक्ष मीना गुरुङले अति बिपन्न महिला मजदुरका लागि सामूहिक आवास गृह बनाउन प्रदेश सरकारसँग माग गरेकी छिन् । उनले नेपालका विकट पहाडी जिल्लाबाट पोखरा आई मजदुरी गर्ने महिलालाई प्रदेश सरकारले आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

सांसदद गुरुङले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट पेश गर्दा देश बनाउने कर्मीको पक्षमा ध्यान नपुर्‍याएको आरोपसमेत लगाइन् । उनले भनिन्, ‘अबका दिनमा बिपन्न महिला मजदुरको हितमा बजेट आओस् । पोखरा जस्तो महंगो सहरमा न्यून आय भएका महिला मजदुरले सुत्केरी अवस्थामा कष्टकर जीवन बिताउनु परेको छ ।’ उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै औद्यागिक प्रतिष्ठानलाई आवद्ध गराउन प्रदेश सरकारले पहल गर्नुपर्ने विचार राखिन् ।

Advertisement

असंगठित क्षेत्रमा जोखिमपूर्ण काम गर्ने मजदुरको भौतिक सुरक्षा र बिमाको प्रवन्ध गरिनुपर्नेमा उनले जोड दिइन् । सांसद गुरुङले भनिन्, ‘क्षतिपूर्तिले जीवन साटिँदैन । कसैलाई जोखिमपूर्ण काममा लगाउदा सुरक्षाको प्रवन्ध गर्नुपर्छ ।’ उनले समाज आर्थिक रुपले अनुशासन हीन बन्दै उल्लेख गर्दै उनले सरकारले आर्थिक अनुशासन र सुशासन कायम गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया