आफैँलाई गोली हानेर हवल्दारले गरे आत्महत्या

समाधान संवाददाता २०७६ पुष २७ गते १३:३२

समाधान संवाददाता, जाजरकाेट

जाजरकोटमा एक जना प्रहरीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्।

जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हवल्दार कठायतले ड्युटीमा रहेका बेला आफूले बोकेको हतियारले आफैँलाई गोली हानेका हुन्।

Advertisement

आइतबार बिहान उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।
 ‘आफैँले बोकेको हतियारले कन्चटमा हानेर आत्महत्या गरेका हुन्। के कारणले आत्महत्या गरे खुलेको छैन,’ उनले भने।

Advertisement

तपाईको प्रतिक्रिया