फोटोग्राफर संघ गण्डकीमा दुर्गा

समाधान संवाददाता २०७६ पुष २८ गते १२:०५

समाधान संवाददाता, पोखरा

फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल चयन भएका छन् । संघको शनिबार भएको पहिलो अधिवेशनबाट उपाध्यक्षमा नारायणबहादुर केसी, सचिवमा तुलसीराम सुवेदी र कोषाध्यक्षमा नवीनराज पौडेल चयन भए ।

सदस्यमा राममणि पौडेल, बलभद्र श्रेष्ठ, प्रेमप्रसाद पराजुली, नारायणप्रसाद गौतम, सुरेश रेग्मी , विमल खनाल र दिपेन्द्र बस्याल सर्वसम्र्मत चयन भए । पोखरा फोटोग्राफर संघबाट रवीनाथ दाहाल, नवलपुर फोटोग्राफर संघबाट किशोर अघिकारी, लमजुङ फोटोग्राफर संघबाट मिलन शर्मा दनाई र म्याग्दी फोटोग्राफर संघबाट गौरीशंकर चौधरी लाई जिल्ला संयोजक मा चयन गरिएको छ । संस्थाका सल्लाहाकार गणेशलाल श्रेष्ठ ‘छवि’ संयोजक रहेको समितिले निर्वाचन गराएको थियो ।

तपाईको प्रतिक्रिया