सिआइबी बनेर ठगी गर्ने दुई पक्राउ

समाधान संवाददाता २०७६ पुष २८ गते १५:४८

समाधान संवाददाता, काठमाडाैं

Advertisement

झापाको बाह्रदर्शी गाउँपालिका-३ स्थित राजगढ बजारमा व्यापारीलाई ठगी गर्ने दुई नक्कली प्रहरी पक्राउ परेका छन्।

चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार दिउँसो साढे १२ बजे गौरीगंञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो।

दुवैले एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै आलमसँग सात हजार रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ।

Advertisement

शंका लागेर स्थानीयले इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए।

प्रहरीको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया