महोत्सवले आर्जेकाे गौरव

समाधान संवाददाता २०७६ पुष २९ गते १५:२१

ईश्वर देवकोटा

आधुनिक सहरको जग बसाउन राज्यका निकायले थालेको प्रयासले मात्र सम्भव नहुन सक्छ । पुरानो सहरलाई विस्तारै आधुनिक अनि त्यसमाथि अन्तर्राष्ट्रियस्तरमा परिमार्जन गर्न समाज र नागरिकको उत्तिकै सहयोग रहन्छ । विकासका सूचकलाई ग्राफको उचाइमा पु¥याउन सरकारसहित सामाजिक संघ संस्थाले भूमिका खेल्ने गरेको हामीले अनुभव गर्दै आइरहेका छौं । त्यसअनुरुप नै पोखरालाई पनि अन्तर्राष्ट्रियस्तरको सहरमा परिस्कृत गर्न यहाँको एउटा क्लबले निरन्तर साधना गरिरहेको छ । विगत ९ वर्षदेखि ।

‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सामूहिकताको बलमा सहरलाई सभ्य र पूर्वाधारयुक्त बनाउन युनाइटेड क्लब पोखराले होस्टेमा हैंसे गरिरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन विकासका ४ स्तम्भलाई पोखरेली युवाको टोलीले क्लब मार्फत दीगो बनाउन लागिपरेको छ ।

Advertisement

२०६७ वैशाख ७ गते विधिवत नाम पाएको युनाइटेड क्लबले निरन्तर लगावकै कारण १ अब्बल समाजाजिक अभियन्ताको दर्जा स्वाभाविक गुथेको छ । त्यसका निम्ति नामले मात्र नभई उसको पहिचान कामबाट झल्किरहेको छ । पोखरालाई बृहत बनाउन खिचिएको रुपरेखामा क्लबको अहं भूमिका छ । सहरका बीच भौगोलिक मात्र हैन भावनात्मक सिमाना कोरिएका छन् । सेतीले बीचबाट चिरेको पोखरालाई पृथ्वीचोकको चाइना पुल र महेन्द्रपुलले भौगोलिक रुपमा जोडे पनि भावना गाँस्न सकेन । सहरीकरणसँगै विकासका एन्जेडालाई सेतीपूर्वको क्षेत्रमा अभाव खड्किएकै कारण गुनासो नराख्ने बनाउन क्बलको भूमिका प्रशंसनीय छ ।

सक्रियता र सिर्जनशिलता युनाइटेड क्लबको अर्को परिचय हो । समयानुसार योजनालाई नयाँ पुस्ताले अपनत्व लिन सक्ने बनाउनु क्लब नेतृत्वको खुबी हो । ‘समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा क्लबले लिने लक्ष्य पनि बृहत र व्यवस्थित परिचालन गर्न सकिने हुनुपर्छ,’ क्लबका अध्यक्ष लालकाजी गुरुङ भन्छन्, ‘योजनामुखी उद्देश्यले क्लबलाई समयानुसार परिवतर्नशील बनाउँछ नै त्यसमा पनि नयाँ पुस्ताहरुलाई जोड्न झनै सहज हुन्छ ।’

Advertisement

अमरसिंह चोक नजिकै कार्यालय स्थापना गरेर काम थालेको क्बल त्यहीँ वरपरमात्र सीमित बनाएन । कास्की बाहिर पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै फराकिलो परिचयसँगै आफूलाई स्थापित गरेको छ ।

स्थानीय समुदायको सहभागितामा विकासका कार्यक्रमलाई क्लबले निरन्तरता दिइरहेको छ । जसका लागि विभिन्न उपसमिति गठन गरेर क्लबका सबै सदस्यलाई कामको बाँडफाँट गरी जिम्मेवारी दिइएको छ । क्लबलाई विभिन्न समयक्रममा कार्यसमितिले नेतृत्व लिएपनि सबै आजीवन सदस्य र सदस्यहरुको जोडबलले गर्दा नै सार्थकता पाएको छ ।

जोसको जग पोखरा महोत्सव
क्लबको स्थापना भएको वर्षदेखि नै अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सव क्लबको महत्वपूर्ण ख्याती हो । सही योजना र व्यवस्थापनकै कारण महोत्सवले निरन्तरता मात्रै पाएन उत्तिकै दर्शकको साथ पनि पाइरहेको छ । टिकट काटेर महोत्सव अवलोकन गर्ने हरेक व्यक्तिले अपनत्व लिन सक्ने भावना क्लबले अघि सारेका योजनासँग जोडिएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन विकासमा टिकट काट्ने व्यक्तिको योगदान देखिन्छ ।

सुरुआती अवस्थामा महोत्सव आँट्नु चुनौतीपूर्ण रहे पनि सामूहिक बलले सफल बनेको स्मरण गर्छन क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल । क्लबले देउसी भैलो खेलेर जम्मा गरेके १ लाख ६० हजार रुपैयाँको बिउ पुँजीबाट महोत्सव गर्ने सपना देखेको बख्रेलको सम्झना छ । ‘सुरुआती चरणमा हामीले अनुभवबिना नै काम आटेका थियौ । तर उद्देश्यसाथ अघि बढ्दा दर्शक र आम नागरिकको पनि साथ पायाै ।’

१० औं संस्करणसम्म आइपुग्दा पनि महोत्सव सिर्जित उर्जालाई क्लबले कायम राखेको छ । प्रत्येक वर्षको महोत्सवबाट हुने आम्दानीबाट २०÷२० प्रतिशत रकम शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन विकाका लागि छुट्याइँदै आएको छ । बाँकी २० प्रतिशत कार्यालय सञ्चालन र अन्य गतिविधिका लागि खर्च हुन्छ ।

जुलोजिकल पार्क
पोखरालाई अन्तर्राष्ट्रिय सहरमा परिस्कृत गर्न आवश्यक पूर्वाधार केके आवश्यक हुन सक्छन् भनी त्यसबारे पनि छलफल चल्दै थियो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले अन्तर्राष्ट्रियस्तरको सहरमा एउटा चिडियाखाना अनिवार्य हुनुपर्ने आवश्यकता औल्याए । त्यसभन्दा पहिलेदेखि नै युनाइटेड क्लबले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी एउटा नमूना आयोजनाको खोजी गरिरहेको थियो । संयोगले छलफलबाट क्लबका संस्थापक अध्यक्ष चिडियाखाना निर्माण समितिको संयोजकमा चुनिए । सम्भावित स्थानहरुको खोजी हुँदै गर्दा विकल्पहरुमध्ये सबैको रोजाई हाल निर्माणाधीन अवस्थामा रहेको पोखरा जुलोजिक पार्क जैविक विविधताको दृष्टिकोणले उपयुक्त ठहरियो । पोखरा महानगर वडा नम्बर ३०, ३१ र ३२ मा पर्ने पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत १ सय ३४ हेक्टर जमीनमा पार्क निर्माण भइरहेको छ ।

क्लबले हालसम्म ५५ लाख, साविक लेखनाथ नगरपालिकाले १० लाख र नेपाल सरकारको २० लाख रुपैयाँ सहयोगबाट जनावर तथा पंछीको उद्धार केन्द्रको लागि भवन, बाटो निर्माण तथा खानेपानीको व्यवस्था भइसकेको छ ।

व्यवस्थित निर्माणका लागि पार्कको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) बनाउनेदेखि जनावर राख्न आवश्यक केज निर्माणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट गत वर्ष ९७ लाख विनियोजन भएको थियो । त्यसमध्ये काम सम्पन्न भएको आधारमा ६० लाख बजेट परिचालन हुन सकेकोे पार्कका अध्यक्ष तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । स्थानीय, प्रदेश र संघीय सरकारले पनि अहिले यो योजनामा निकै चासो देखाएका छन् । प्रदेश सरकारले पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

रुपातालसँगै जोडिएका सामुदायिक वनमा चितुवा, मृग, अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुंगीसहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका वनस्पतिका साथै सीता गुफा समेत छ । चिडियाखाना निर्माणको काममा कम्पनीमा दर्ता भएको विषयलाई लिएर विवाद भएपनि छिट्टै टुगिंएर थप विस्तारको काम अघि बढ्ने पार्कका अध्यक्ष बख्रेलको विश्वास छ । ‘कम्पनीमा गैरनाफामुलक संस्थाको रुपमा विधिवत् दर्ता भएको पार्कलाई व्यक्तिको नाममा सामुदायिक वन गयो भनेर झुठो अपवाह फैलाइएको छ,’ उनी भन्छन्, ‘अदालतमा फैसलाकै क्रममा रहेपछि हामी के कुरामा ढुक्क छौं भने, कम्पनी रजिस्टार कार्यालयमा नाफामूलक संस्था मात्र दर्ता हुन्छ भन्ने भ्रम चिरिन्छ ।’

संघीय संरचनामा मुलुक परिवर्तन भइसकेपछि खास चासोको रुपमा प्रदेश सरकार र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चिडियाखाना निर्माणको कामलाई सहयोग गरेकोमा उनी खुशी व्यक्त गर्छन् । चिडियाखाना पचभैया सामुदायिक वनको र युनाइटेड क्लबको मात्र नभई प्रदेश सरकारले विनियोजन गरेको बजेटले प्रदेशकै गौरवको आयोजनाको रुपमा अघि बढ्नेमा आफू निश्चिन्त रहेको पार्कका अध्यक्ष बख्रेलले सुनाए । नवौं संस्करणको महोत्सवमा पार्कको निशुल्क अवलोकनको व्यवस्था मिलाइएको थियो ।

शिक्षा
महोत्सवबाट बचेको रकमको २० प्रतिशतबाट क्लबले सरकारी विद्यालयमा सहयोग पनि गर्दै आएको छ । पढ्ने रहर भएका तर आर्थिक अभावकै कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई लक्ष्य गरी यो योजना अघि सारिएको हो । हालसम्म पोखराको अमरसिंह मावि, कालिका मावि, पुम्दीको भगवती आधारभूत, भलामको महेन्द्र मावि, छिनेडाँडाको मसिना आधारभूत, तनहुँको घिरिङ सुन्धारास्थित चन्द्रज्योति माविमा क्लबले छात्रवृत्ति कोष स्थापना गरेको देउरालीको विश्वशान्ति मावि, रुपाकोटको रुपाज्योति मावि र लामाचौरको महेन्द्र माविमा पनि क्लबले सहयोग गरेको छ । कुँडहर आधारभूत विद्यालयमा विद्यार्थी पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । रामबजारको कालिका माविमा आर्थिक सहयोग क्लबले गरेको छ । चिजा गिरी, कविता आचार्य र सीता परियाको शिक्षाको लागि क्लबले सहयोग गरेको छ ।

दृष्टिविहीन र बहुअपांगता भएका सीता परियारलाई क्लबको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको महासचिव शान्तबहादुर थापाले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका वडा ८ ल्वाङघलेलस्थित बाराही आधारभूत विद्यालयमा ७८ जना विद्यार्थीलाई टोपी, मोजा र खेलकुदका सामग्री वितरण गरेको उनले बताए । अमरसिंह मावि कक्षा १२ मा अध्ययनरत सरिता आचार्यलाई १ वर्षको विद्यालय शुल्क छात्रवृत्ति प्रदान क्बलले गरेको छ । उक्त विद्यालयलाई पनि क्लबले ६ लाख बराबरको भौतिक सामग्री वितरण गरेको महासचिव थापाले जानकारी दिए ।

देउरालीको विश्वशान्ति मावि, रुपाकोटको रुपाज्योति मावि र लामाचौरको महेन्द्र माविमा पनि क्लबले सहयोग गरेको छ । कुँडहर आधारभूत विद्यालयमा विद्यार्थी पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । रामबजारको कालिका माविमा आर्थिक सहयोग क्लबले गरेको छ । चिजा गिरी, कविता आचार्य र सीता परियाको शिक्षाको लागि क्लबले सहयोग गरेको छ ।

दृष्टिविहीन र बहुअपांगता भएका सीता परियारलाई क्लबको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको महासचिव शान्तबहादुर थापाले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका वडा ८ ल्वाङघलेलस्थित बाराही आधारभूत विद्यालयमा ७८ जना विद्यार्थीलाई टोपी, मोजा र खेलकुदका सामग्री वितरण गरेको उनले बताए । अमरसिंह मावि कक्षा १२ मा अध्ययनरत सरिता आचार्यलाई १ वर्षको विद्यालय शुल्क छात्रवृत्ति प्रदान क्बलले गरेको छ । उक्त विद्यालयलाई पनि क्लबले ६ लाख बराबरको भौतिक सामग्री वितरण गरेको महासचिव थापाले जानकारी दिए ।

स्वास्थ्य
सिकिस्त बिरामी परे पनि रकम नभएकै कारण उपचार गर्न नपाएकाहरुलाई समेत क्लबले सहयोग गर्दै आएको छ । अवस्था हेरी अस्पतालको सिफारिस, आफन्तको आग्रह र सरकारी निकायको सिफारिसका आधारमा क्लबले बिरामीलाई सहयोग गर्दै आएको छ । बेलाबेलामा निशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, रक्तदान, जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् ।

हालसम्म मृगौला बिरामी दुर्गा श्रेष्ठ, नवराज खड्का, लोकनाथ आचार्य, क्यान्सर बिरामी धनबहादुर थापा, विनोद थापा, प्रेमकुमारी गुरुङ, राजन बख्रेल, यामकला केसी, मुटु रोगी सीता बराल र मृगौला रोगी रञ्जना विकलाई क्लबले उपचार खर्च प्रदान गरेको छ । आँखाको समस्या भएकी यमकुमारी केसीले पनि क्लबको सहारा पाइन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका ३ मा क्लबले बृहत स्वास्थ्य शिविर गरेको छ । कास्कीको रुपा गाउँपालिका २ स्थित शिवालय माविमा क्लबले बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।

खेलकुदमा योगदान
युनाइटेड क्लबले राष्ट्रव्यापी ७ ए साइड फुटबल प्रतियोगिता गरेर नमुना नै प्रदर्शन गरिसकेको छ । पोखरामै भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समेत सहयोग गरेको पूर्व अध्यक्ष बख्रेलले बताए । युवालाई कुलतमा लाग्नबाट जोगाउन खेदकुलमा संलग्न गराउन क्लबले भिन्न खाले काम समेत गर्दै आएको छ । साग स्वर्ण पदक विजेताको सम्मान गरिसकेको क्लबले आगामी दिनमा विभिन्न संघ संस्थाले गर्ने खेलकुद कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गत वर्ष क्लबले प्रथम युनाइटेड कप खुला बास्केटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको थियो ।

यो वर्ष पनि विभिन्न संघ संस्थाले गरेका प्रतियोगितामा क्लबले सक्दो आर्थिक र भौतिक सहयोग प्रदान गरेको अध्यक्ष लालकाजी गुरुङ बताउँछन् । भूतपूर्व बास्केटबल खेलाडी मञ्चले आयोजना गरेको बास्केटबल प्रतियोगितामा सौरभ गुरुङलाई आर्थिक सहयोग गरेको महासचिव थापाले जानकारी दिए । विल्सन क्लबले आयोजना गरेको बडिबिल्डर गोल्डकप मेडलिस्ट क्लबको तर्फबाट आर्थिक सहायता गरेको छ । क्लबले गोल्ड मेडलिस्ट बडिबिल्डर महेश महर्जनलाई गत वर्षको महोत्सवमा सम्मान साथ आर्थिक सहयोग समेत प्रदान गरेको महासचिव थापाले बताए ।

सेती संरक्षण
प्राकृति स्रोत साधनको संरक्षण पनि क्लबले भूमिका निभाउँदै आएको छ । महोत्सवको प्रवेश टिकटबाट १ रुपैयाँ सेती संरक्षणको लागि छुट्याइएको छ । हालसम्म संकलन भएको रकमबाट गत वर्ष वृहत कार्यक्रम आयोजना गरेको थियो । सशस्त्र प्रहरी गण मुख्यालय पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोक पुलमुनि क्लबको अगुवाईमा बृहत सरसफाइ भयो । सेती नदीमा सुरक्षा तथा फोहर मैला नियन्त्रणलाई ख्याल गर्दै खतराजनक ४ ठाउँमा सिसी क्यामेरा समेत जडान गरिएको छ ।

नदी संरक्षण तथा बचाउ अभियानमा कान्तिपुर पार्टी प्यालेसमा विज्ञ, प्राविधिक, सरोकारवाला व्यक्तिहरु तथा पोखरा महानगर, जिल्ला समन्वय समिति, महानगरका वडा ९, १०, ११, १५ र १७ का अध्यक्षहरुबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।

विपदमा हातेमालो
भैपरी आउने विपद् तथा महामारीमा आपतकालीन गर्जो टार्न क्लबले आर्थिक कोष खडा गरेको छ । गत वर्षको तिहारमा देउसीभैलो कार्यक्रमबाट उठेको रकम विपद व्यवस्थापन कोष बनाई विपदमा खर्च गर्ने उद्देश्य क्लबले लिएको छ । जसबाट कैलाली जिल्लाको हसुलिया गाउँपालिकामा जेठ १८ र २३ गते गएको हावाहुरीबाट प्रभावित क्षेत्रमा पुगेर क्लबले १ लाख ५० हजार राहत स्वरुप प्रदान गरेको अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया