एक वर्षअघि सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने रुचाल प्रक्राउ

समाधान संवाददाता २०७६ पुष २९ गते १६:५४

समाधान संवाददाता, काठमाडाैं

झण्डै एक वर्षअघि माघ ११ गते काठमाडौंको एक सार्वजनिक बसमा वीर्य निकालेर महिलाको कपालमा हालेको अभियोगमा रविन सार्की भन्ने रविन रुचाललाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

तनहुँ घर भई चितवनमा लुक्दै आएका उनी बानेश्वरमा बसेर ३ वर्षदेखि रिक्सा चलाउँदै आएका थिए । उनले एक वर्ष अघि वीर्य महिलाको कपालमा हालिदिएको भिडिओ सार्वजनिक गरेका थिए।

Advertisement

चर्को आलोचना र फेसबुकबाटै उनलाई धम्की आएपछि उनी भारतको नयाँ दिल्ली गएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए।

नयाँ दिल्लीमा केही महिना म:म पसलमा काम गरेपछि उनी केही महिना कास्मिर पुगेर काम गरेका थिए।

Advertisement

कास्मिरपछि फेरि नयाँ दिल्ली गई काम गरेर केही महिनाअघि मात्र चितवन आएका बेला अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।


तपाईको प्रतिक्रिया