एकै पटकमा ४ बच्चाको जन्म

समाधान संवाददाता २०७६ माघ २ गते १३:१८

तस्बिरः खिमकाजी लामिछाने

समाधान संवाददाता, पोखरा

मनिपाल शिक्षण अस्पतालमा २६ वर्षे महिलाले बिहीबार बिहान ४ बच्चा जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले एकै पटकमा ३ छोरी र १ छोरा जन्माएकी हुन् । पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोस्राे छोरा (१.३ किग्रा), तेस्रो छोरी (१.३ किग्रा), चौथो छोरी (१.४ किग्रा) का छन् । मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे नेतृत्व टोलीले शल्यक्रिया गरी बच्चा निकालेको हो । डा. पाण्डेका अनुसार ४ वटै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

Advertisement

तपाईको प्रतिक्रिया