भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ सत्य हैनः सरकार प्रवक्ता
समाधान संवाददाता
२०७६ माघ २ गते १६:०२

समाधान संवाददाता, काठमाडाैं
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको बताएका छन्।
रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई यसबारे सोधिएको थियो ।
फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै उनले बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गरे ।
रावललाई सरकारले नै सुरक्षा व्यवस्था मिलाइरहेको पनि उनले बताए।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया