पिएनका विद्यार्थीले बुझाए अल्टिमेटम

समाधान संवाददाता २०७६ माघ ३ गते १३:३९

सचिन आचार्य
पोखरा

पृथ्वीनारायण क्याम्पस कानुन संकायमा अध्ययनरत विद्यार्थीले सोमबार क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापालाई छात्रबास पुनर्निर्माण गर्न अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । कानुन संकायका छात्र नरेन्द्र ढकालको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । छात्रबास २०६५ सालदेखि जिर्ण अवस्थामा छ ।

भवनको पुनर्निर्माणका लागि क्याम्पसको ध्यान नपुगेको भन्दै विद्यार्थी टोलीले ज्ञापनपत्र बुझाएका हुन् । बढ्दो महंगी र चर्को भाडा तिरेर कोठामा बस्नुपरेको विद्यार्थीको गुनासो छ । पुनर्निर्माणको काम छिटो होस् भन्दै विद्यार्थी टोलीले अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन कानुन संकायसँगै अन्य संकायका विद्यर्थीले साथ दिएका थिए ।

Advertisement

विद्यार्थीले देशकै १ ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा छात्रबास निर्माणमा ढिलाई हुनु विद्यार्थीमाथि अन्याय भएको ठहर गरेको छ । किसानका छोराछोरी पढ्ने क्याम्पसमा क्याम्पसले त्यसतर्फ ध्यान नदिएको उनीहरुको आरोप छ । चर्को मूल्यको भाडा तिरेर बस्नु पर्दा अध्ययनमा बाधा पुगेको विद्यार्थीले गुनासो गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया