सेभेन ए साइड फुटबलकाे क्वाटरफाइनल आज

समाधान संवाददाता २०७६ माघ ३ गते १३:५८

समाधान संवाददाता
पोखरा

भ्याली स्पोर्टस् क्लब रामबजारले आयोजना गरेको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनल खेल सकिएका छन् । शुक्रबार क्वाटर फाइनल खेल हुनेछन् ।

प्रि क्वाटर फाइनल खेलअन्तर्गत बिहीबार भएको पहिलो खेलमा भ्याली स्पोर्टस् पहेँलोले चाउथे एफसीलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित बनायो । भ्यालीलाई जिताउन समीर कार्कीले २ र अनील गुरुङले १ गोलको योगदान गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा चाउथेले खेल सुरु भएको ३ मिनेटमै गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोरेको छ । चाउथेको लागि जीवन रायमाझीले नै अर्काे गोल ४१ औं मिनेटमा गरेका थिए ।

Advertisement

दोस्रो खेलमा संगम एफसीले लेकसाइडलाई ४–१ गोलले पराजित गर्दै क्वारफाइनल प्रवेशग¥यो । संगम बेलप्रसाद गुरुङले १९ औं मिनेटमा गोल गरे । सुमीत श्रेष्ठले २९ औं मिनेटमा, अर्जुन रानामगरले ३६ औं मिनेटमा र टंक गुरुङले ४२ आंै मिनेटमा गोल गरेका थिए । खेलको १२ औं मिनेटमा सुरुआती गोल लेकसाइडका संजय बुढाथोकीले गरेका थिए ।

तेस्रो खेलमा भ्याली सेतोले एसएन ब्रदर्समाथि ७–२ को फराकिलो गोल अन्तर बनायो । भ्याली सेतोका सुनील गोदामेले सर्वाधिक ५ गोल गरे । उनले खेलको ७ औं मिनेटमा २ गोल गर्दै ह्याट्रिक पूरा गरे । खेल सुरु भएको ५ औं मिनेटमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाए । उनले १ मिनेटभित्र २ गोल गरेका थिए । त्यस्तै खेलको ३० र ३६ औं मिनेटमा थप १÷१ गोल गरे । भ्यालीका लागी अजय श्रेष्ठले खेलको ६ र २८ औं मिनेटमा १÷१ गोल गरे ।

Advertisement

एस एन ब्रदर्सको लागि बुद्ध गुरुङले २ सान्त्वना गोल फर्काए । उनले खेलको ३० र ३७ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम खेलमा तारा एफसीले एम १२ लाई २–० गोलले पराजित ग¥यो । ताराको जितमा शिव सुवेदी र हरि गुरुङले समान १÷१ गोल गरे । सुवेदीले खेलको १९ आंै मिनेट र गुरुङले २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

क्वाटर फाइनल खेलमा म्यान अफ दि म्याचसमेत घोषित गरिने प्रतियोगिता संयोजक विश्व तण्डुकरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया