पोखरा महोत्सवबाट होमस्टेमा पर्यटक बढे

समाधान संवाददाता २०७६ माघ ३ गते १४:१३

समाधान संवाददाता, पोखरा

पोखरा महोत्सवका कारण लम्जुङको पुरनकोट होमस्टेमा आन्तरिक तथा वाह्य पर्यटकको अगमन बढेको छ । नवौं संस्करणको पोखरा महोत्सवमा आयोजक युनाइटेड क्लबले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेलाई निशुल्क स्टलको व्यवस्था गरेपछि पुरनकोट होमस्टेमा पर्यटकको संख्या वृिद्ध भएको होमस्टेका अध्यक्ष कन्या काशी गुरुङले बताइन् । नवौं संस्करणको महोत्सवमा पुरनकोट होमस्टेले स्लट पाएसँगै प्रवद्र्धन गरेपछि ४ सय भन्दा बढी ग्रुपले होमस्टे भिजिट गरेको अध्यक्ष गुरुङले बताइन् ।

लम्जुङको बेंसीसहर नगरपालिका ४ डाँडागाँउस्थित पुरनकोट होमस्टेमा गुरुङ संस्कृति झल्कने घाटु, चुड्का, सोरठीसँगै लम्जुङे ठाडो भाका प्रख्यात छ । होमस्टेमा स्थानीय उत्पादन लोकल कुखुरा, खसी बोकासँगै कोदो, गुन्दु्रक लगायतको परिकारको स्वाद लिन सकिने छ । पोखरा महोत्सवमा स्टल राखेकै भरमा पछिल्लो समय पर्यटक भित्रिन थालेको उनीहरुको बुझाई छ । पर्यटकहरु स्थानीय सांस्कृतिक प्रस्तुतीसँगै सिन्दुरे ढुंगा, पुरानो कोट, तारे भिरमा सञ्चालन हुने रक क्लाइम्बिङमार्फत् मनोरन्जन लिने गरेको होमस्टे सञ्चालकले बताएका छन् ।

Advertisement

महोत्सवको तेस्रो दिन लोकदोहोरी गायक कुलेन्द्र बिकको सालको पात भन्ने गीतमा दर्शकले मनोरन्जन लिएका थिए । कुलेन्द्रसँगै सरला पाण्डे, शंकर विरही गुरुङ, टेक क्षेत्री, रमा राना मगर, कमला गैरे लगायतको प्रस्तुती थियो । मेलामा साँझको पप कन्सर्ट भने एमसीफ्लो र स्थानीय स्पर्श ब्यान्डको प्रस्तुती थियो ।

महोत्सवमा शुक्रबार प्रीति आले, प्रजापति पराजुली, मञ्जु विक, शिवहरि ढुंगाना, रामजी पौडेल, टेक क्षेत्री, सजना गुरुङ, पार्वती गुरुङ, ईश्वर खड्का लगायतको प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

Advertisement

शुक्रबारदेखि विद्यार्थी, अभिभावक र शिक्षकलाई समेटेर निर्माण गरिएको कखरा डकुमेन्ट्री प्रदर्शनको तयारी गरिएको प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले बताए । कखरा डकुमेन्ट्री पहिलो चरणमा १ बजे र दोस्रो चरणमा ३ बजे निशुल्क प्रदर्शनको व्यवस्था मिलाइएको आयोजक युनाइटेड क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया