विश्व किर्तिमानधारी खगेन्द्रको पोखरामा मृत्यु

समाधान सम्वाददाता
विश्वकै होचा ब्यक्तीका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको पोखरामा निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
विहीबार मणिपालको आइसियुमा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन । खगेन्द्रको निधन निमोनियाका कारण भएको अस्पताल स्रोतले जनाएको छ ।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो ।
धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्र खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्मदा खगेन्द्र मात्र ६०० ग्रामका थिए ।
तपाईको प्रतिक्रिया