प्रहरीलाई बिमा सचेतना

समाधान संवाददाता २०७६ माघ ५ गते १३:४०

समाधान संवाददाता, पोखरा

राष्ट्रिय बिमा संस्थान क्षेत्रीय कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीलाई बिमा सचेतना दिएको छ । पोखरा शाखा प्रमुख लक्ष्मीकुमार गुप्ता नेतृत्वको टोलीले सामूहिक सावधिक जीवन बिमाबारे जानकारी दिएको हो ।

प्रमुख गुप्ताले बिमाको दायरा बढाउन चेतनामूलक कार्यक्रम गरिएको बताए । जिल्ला प्रहरी कार्यालयका करिब ५० प्रहरीलाई बिमाबारे जानकारी गराइएको थियो । संस्थानले राष्ट्रसेवक कर्मचारीलाई सामूहिक सावधिक जीवन बिमा प्याकेज सञ्चालन गरेको छ । बिमा संस्थानले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विद्यालयका शिक्षकलाई सुविधा दिने जनाएको छ । २० वर्ष अवधिको उक्त योजनामा ७० वर्षसम्म उमेर हद राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया