तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिने, आजको बैठक महन्त ठाकुरले चलाउने
समाधान संवाददाता
२०७६ माघ ६ गते ११:५१

समाधान संवाददाता, काठमाडाैं
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने तयारी गरेकी छन्।
संसद सचिवालय स्रोतका अनुसार उनले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी हुन्।
संसदको बैठक १ बजे बस्दैछ।
संसद बैठक सुचारू हुनुभन्दा पहिला राजीनामा दिने संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए।
आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।
यसअघि नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
बैठकले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको थियो।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया