नक्शामा उत्तरी क्षेत्रसमेत भारतमै

समाधान संवाददाता २०७६ माघ ६ गते १२:२७

समाधान संवाददाता
पोखरा

त्रिभुवन विश्व विद्यालय भूगोल विभागका पूर्व प्रमुख तथा ‘सीमा बचाऔं अभियान’का सहसंयोजक डा. नरेन्द्रराज खनाललेकालापानी लिम्पियाधुराको बारेमा भारतले भर्खरै सार्वजनिक गरेको नक्साले नेपालको उत्तरी क्षेत्रमासमेत भारत पर्ने देखाएको दावी गरेका छन् ।

उनले अहिलेसम्म उत्तरी क्षेत्रमा चीनमात्र पर्ने मान्यतालाईसमेत गलत बनाउन खोजेको सुनाए । पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराले आयोजना गरेको ‘नेपालको राष्ट्रियता र सीमा अतिक्रमण’ विषयक गोष्ठीमा खनालले सन् १८१६को सुगौली सन्धीमा नेपालको उत्तरमा भारत पर्ने उल्लेख नभएको बताए । ‘भारतले सार्वजनिक गरेको अहिलेको नक्साले नेपालको उत्तरमा पनि भारत पर्ने देखायो,’ डा. खनालले भने, ‘भारतले नालापानीमा सैनिक राख्ने लगायत गलत नक्सा सार्वजनिक गर्दा पनि नेपालले आफ्नो भूमीको बारेमा आधिकारिक रुपमा दावी गर्न सकेन ।’

Advertisement

सुगौली सन्धि पूर्व नै सन् १८७९ देखि भारतले नेपालका सीमा अतिक्रमण गरेको फेहरिस्त प्रस्तुत गर्दै डा. खनालले नेपाल सरकारलाई नेपालको सीमाको स्पष्टचुच्चे नक्सा ल्याउन आग्रह गरे । उनले नेपालले हालसम्म कालापानी, लिम्पियाधुराको बारेमा भारतसँग मौखिकरुपमा कुरा राखे पनि लिखित दस्तावेज नभएको दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न मन्त्रालयका मन्त्रीलाई विज्ञहरुको तर्फबाट प्रमाणसहित उपलब्ध गराएर कुटनीतिक तवरबाट समस्याको हल गर्नका लागि अनुरोध गरेको जानकारी दिँदै खनालले सरकारले नेपाली भूमी दावी गर्न कुनै ठोस रुपले काम नथालेको आरोप लगाए ।

Advertisement

उत्तरी क्षेत्रको चीनतर्फ १ ठाउँ दोलखाको लामाबगरमा र भारततर्फ ९८ स्थानमा सीमा समस्या रहेको जानकारी दिँदै उनले लिम्पीयाधुरा र कालापानी सामरिक र सुस्ता सिञ्चाइको हिसाबले भारतले आँखा गाडेको बताए । कार्यक्रममा वाम वुद्धिजीवी रामराज रेग्मीले नेपाली सेना, सशस्त्र प्रहरीको दायित्व व्यापार व्यवसाय गर्ने नभई सीमा सुरक्षामा तल्लिन हुनु पर्ने बताए । कार्यक्रममा वाम नेता झलकपाणी तिवारी र प्राध्यापक भवानी पाण्डेले टिप्पणी गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्दे्रश्वर कोइराला, प्रा. कृष्णप्रसाद अर्याल,प्रतिष्ठानका सचिव धु्रव कल्पित सुवेदीले लगायतले सीमाको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया