हिमपातले बिथोल्यो सिक्लेस मेला

समाधान संवाददाता, पोखरा
कास्कीको सिक्लेसमा लागेको माघे संक्रान्ति मेलाका अवसरमा आयोजित प्रतियोगिताका खेल हिमपातका कारण प्रभावित भएका छन् ।
सिक्लेस युवा क्लबद्वारा यही माघ १ देखि ४ गतेसम्मका लागि निर्धारित महोत्सव माघ १ गते उद्घाटन भए पनि खेलहरु माघ २ र ३ गते लगातार पानी परेपछि स्थगित गरिएको थियो । रोकिएका खेल शनिबार मौसममा सुधार भएपछि सञ्चालन गरिए पनि आइतबार दिउँसो १२.३० बजेदेखि हिउँ पर्न थालेका कारण खेल स्थगित गर्नुपरेको क्लबका सल्लाहकार देवीजंग गुरुङले जानकारी दिए ।
उनका अनुसार अनुसार प्रतियोगिता अन्तर्गत हालसम्म महिला भलिबल फाइनलमा पुगेको छ भने पुरुष भलिबल र पुरुष बास्केटबल सेमीफाइनलमा पुगेका छन् । हजार वर्ष पुरानो गाउँ सिक्लेसमा सय वर्षभन्दा पुरानो माघे संक्रान्ति मेलालाई जगेर्ना गर्दै यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुर्याउन प्रत्येक वर्ष माघे संक्रान्ति मेला हुँदै आएको उनले बताए ।
हिउँ परेसँगै सिक्लस पुगेका स्वदेशी र विदेशी पर्यटक भने हिउँ खेल्दै रमाएको स्थानीयले जानकारी दिए ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया