खुला कविता प्रतियोगिता

समाधान संवाददाता २०७६ माघ ७ गते १२:०८

समाधान संवाददाता, पोखरा

गुरुङ साहित्यिक मञ्च नेपालले तेस्रो स्थापना दिवसमा कविता प्रतियोगिता गर्ने भएको छ । आगामी चैत २१ गते मञ्चले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण आयोजना गरेको मञ्चकी अध्यक्ष गौरी गुरुङले जानकारी दिइन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चले प्रतियोगिता गर्न लागेको जनाएको हो । मञ्चका सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी गुरुङ आयोजक समितिका पदेन सदस्यमा छन् ।

Advertisement

मञ्चका सल्लाहकार योगेश गुरुङले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी मञ्चले कविता प्रतियोगितालाई निरन्तरता दिएको हो । खुला कविता प्रतियोगिताका प्रथमले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया