पोखरामा रेफ्री सेमिनार
समाधान संवाददाता
२०७६ माघ ७ गते १२:३७

समाधान संवाददाता
पोखरा
पोखरामा माघ ११ र १२ गते हुने नेपाल मार्सल आर्टस् हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको सन्दर्भमा रेफ्री सेमिनार भएको छ । संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रीय समितिको सहयोगमा पोखरा १४ को वडा भवनमा २ दिनसम्म सेमिनार भएको थियो ।
सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्री सहभागी भएको संघ कास्कीका अध्यक्ष मदनकुमार जिसीले बताए । रेफ्रीलाई सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिएका थिए ।
पोखरामा पहिलो पटक हुन लागेको नेपाल मार्सल आर्टस् हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने नेपाल मार्सल आर्टस् हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया