मुख्यमन्त्री १ शिक्षकको प्रेमपत्र

कृष्ण तिमिल्सिना
आदरणीय मुख्यमन्त्री ज्यू
पोखराबाट प्रकाशित हुने १ दैनिक पत्रिकामा माघ ४ गतेको प्रमुख समाचार पढ्ने अवसर मिल्यो । शीर्षक थियो ‘शिक्षक बफादार छैनन्’ । ९४ लाइन र ३ सय ७६ शब्दको उक्त समाचार पढेपछि केही नलेखी बस्न सकिन । प्रत्येक दिन बिहानै चियाको चुस्कीसँगै एउटा सकरात्मक समाचार पढेर दिनचर्या थाल्ने आदत छ मेरो । शनिबार अलि फुर्सद हुने हुँदा अलि लामै भए पनि समाचार पढ्ने विचार थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजानमा ‘स्थानीय तहको शैक्षिक व्यवस्थापन तथा गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तक्र्रिया गोष्ठी’ लेखेको ब्यानर टागेर एउटा भव्य कार्यक्रम गरेको थाहा भयो । माननीय मुख्यमन्त्री, प्रदेश सरकारका माननीय मन्त्री, माननीय सांसद, मेयर, उपमेयरहरुदेखि निजामती कर्मचारीका उच्चपदस्थ अधिकारी कार्यक्रकममा उपस्थित रहेको फोटोबाटै देख्न पाइयो ।
शिक्षाको गुणस्तर वृद्धि कसरी गर्ने भन्ने चिन्ताका साथ आयोजित उक्त कार्यक्रमपछि प्रमुख अतिथिलाई प्रेम पत्र लेख्ने मनमा ज्वाराभाट कसरी आयो भन्ने लाग्ला । मानीनय ज्यू उक्त समाचारको २ तिहाई वाक्य शिक्षकलाई गाली खर्च भएको छ । नेपालको शैक्षिक गुणस्तर नहुनुका प्रमुख वाधक नै शिक्षक हुन् कि झैं गरेर ।
विगत २३ वर्षदेखि आधारभूत हुँदै उच्च शिक्षासम्म शिक्षक भएर काम गरेका कारण यो गाली मप्रति पनि लक्षित छ भन्ने लाग्यो । त्यसपछि यो प्रेम पत्र लेख्ने जमर्को गरें । हजुरले मात्र हैन हिजोआज शिक्षासँग सम्बन्धित यस्ता कार्यक्रममा नेताहरुले शिक्षकको हुर्मत् उतारेका हुन्छन् । शिक्षकलाई गाली गर्नु उनीहरुको संस्कार जस्तै बनेको छ । अन्तक्रिया कार्यक्रम त समीक्षात्मक आलोचना गर्नु स्वभाविक हो एउटा सामान्य विद्यालय कलेजको वार्षिकोत्सवमा शुभकामना मन्तव्य दिन बोलाएको अतिथि गाली मन्तव्य दिएर फर्कन्छ मात्र शिक्षकलाई ।
प्रेमपत्र लेखिरहँदा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर बिग्रनुमा शिक्षकको कुनै दोष छैन सबै दोष हजुरहरुकै हो भनेर प्रतिउत्तर लगाउन यो प्रेमपत्र लेखेको पनि हैन ।
कार्यक्रममा वक्ताले शिक्षकलाई १८ घन्टा काममा लगाउनु पर्छ राजनीति गर्न बन्देज गर्नुपर्छ जस्ता सकारात्मक प्रतिक्रिया पनि सुन्न पाइयो । शिक्षकले पढाउँदै पढाउँदैनन सहरका १÷२ वाहेक गाँउका शिक्षक त झन् झारा टार्ने मात्र गर्छन भन्नुभएछ । गाँउमा विकास निर्माण र सामाजिक काम गर्दा सबै मिलेरे झारा लाउने चलन अझै छ । त्यहाँ सबैजना काम नगरी बस्दैनन् आफ्नो बल बुताले भ्याएसम्म काम गर्छन् । केही मानिस काम झारा टार्ने मात्र हुन्छ । मुख्यमन्त्रीज्यू नै गाउँमा हुर्केको हुनाले यो राम्रोसँग थाहा छ मैले व्याख्या गर्नु नपर्ला ।
शिक्षाको गुणस्तर अभिवृद्धिको कुरा गर्दा यसको गहिरो अध्यायनको खाँचो छ गुणस्तर के हो ? गुणस्तरको पछिल्लो परिभाषा एसइई परीक्षा सबैभन्दा माथिल्लो जिपिए प्राप्त गर्ने, प्राविधिक विषय पढने र अमेरिका, अस्ट्रेलिया जाने हो ? यसैलाई सरकारी अधिकरीहरुले पनि गुणस्तरको मापक बनाएको पाइन्छ ।
त्यो उपल्लो जिपिए नतिजा कसले ल्यायो भनेर तथांक हेर्दा संस्थागत विद्यालयले राम्रो ल्यायो भन्ने मलाई लाग्दैन । जुन विद्यालयमा शुल्क उठाइन्छ चाहे सरकारी नै किन नहोस थोर बहुत पैसा लाग्छ त्यहाँ उत्कृष्ट नतिजा आयो जहाँ खर्च बढी भयो त्यही नतिजा राम्रो आयो । विगत वर्षमा राष्ट्रिय पुरस्कार पाएको सरकारी स्कुल एउटा देखाउनु होस जसले सुटुक्क चोर बाटो शुल्क नउठाएको होस । यति भनेपछि ती विद्यालय को नाम लिनु पर्दैन भन्ने लाग्छ । त्यसपछि त्यो खर्च उठाउन अमेरिका र अस्ट्रेलिया जाने उतै बस्ने माहान राष्ट्रभक्त नागरिक उत्पादनलाई हामी गुणस्तर भनिरह्यांै ।
हामीले कम जिपिए ल्याएर नेपालमै कृषि कर्म गर्ने गाई पाल्ने विद्यार्थी कम गुणस्तरमा दर्ज ग¥यौं । कम जिपिए ल्याएर अर्गानिक कृषि कुखुरा पालन माछा पालन गर्ने आफ्नो गाँउ बसेर बाबुआमा को सेवा गर्ने, बिरामी पर्दा गाडी बोलाएर अस्पताल पु¥याउने विद्यार्थीलाई गुणस्तरहीनमा दर्ज गरायौं । हाम्रो केलाई गुणस्तरीय भन्ने चश्मा बदल्न सकेनौं । त्यही पुरानै चश्मा माननीयज्यूसँग पनि छ् ।
सामाजिक संस्कार, पारिवारिक मायाँ, देशभक्ति, माटोको मायाँ, आफ्नो गाउँको मायाँ, आफ्नो देश भित्र उद्योग व्यापार गर्नुभन्दा विदेशी डलरसँग रमाउने जनशक्ति उत्पादन गर्न हामी उद्यत रह्यौं । त्यसैलाई गुणस्तर भन्दै फलाकिरहने हो भने नेपालको भविष्य कहाँ जाला मुख्यमन्त्रीज्यू ? अमेरिका र अस्ट्रेलियाका सपना छोडेर युरोपको भिसा छोडेर गाउँमा पढाउने मजस्ता शिक्षकले विद्यार्थीको ग्रेड कम आए पनि आफ्नै देश भित्र आफ्नै गाँउमा आफ्नै परिवारमा आत्मसम्मान स्वभिमान, राष्ट्रभक्ति र आत्मनिर्भरताको पाठ पढाउने गुरुहरुको मनमा ठेस लाग्ने गरी हजुरहरुले दिनु भएको धारणापछि यो सम्मानपूर्वक प्रेम पत्र कोर्ने जाँगर चलेको हो ।
हजुरहरुले भने जस्तो एकाध शिक्षक जागिरे मनोवृत्तिका होलान् । त्यसो त १÷२ कर्मचारी भ्रष्ट हुँदा १÷२ माननीय जेल जाँदै गर्दा यस्तै भव्य समारोह आयोजना गरेर माननीय नेता कर्मचारीलाई शिक्षकले यस्तै गाली गरेको २३ वर्षे शिक्षण जीवनमा मैले देखेको छैन ।
देशभित्र बालमैत्री, अपांगतामैत्री, समावेशी विद्यालय अवधारणा सम्बन्धी कार्यक्रम भए गुणस्तर वृद्धिमा शिक्षकमैत्री कार्यक्रम भएको याद छैन । विभिन्न संस्थाका प्रतिवेदन अनुसार अझै धेरै सरकारी विद्यालयमा शौचालयसम्म छैनन् । विद्यार्थी भएका ठाँउमा शिक्षक छैनन् । शिक्षक भएका ठाँउमा विद्यार्थी छैनन् । शैक्षिक सामग्री केही छैनन् यति मिलाउने त हजुरको काम हैन र ?
विश्वकै सम्पन्न मुलुक स्थायी बसाइँ छाडेर गाउँको विद्यालयमा आफ्नै देशको मौलिक संस्कृति संस्कार देशभक्ति, आत्मनिर्भरता, स्वाभिमान, जीवनोपयोगी सीप सिकाउँदै गरेका मजस्तै शिक्षकलाई थप उच्च मनोबलका साथ काम गर्ने वातावरण भविष्यमा यहाँहरुबाट पाउने उच्च अभिलाषाका साथ यो प्रेम पत्र कोर्ने जर्मर्को गरे ।
तपाईंकै शिक्षक
तपाईको प्रतिक्रिया