‘पोखरा म्याराथन सफल बनाउनु हामी सबैको दायित्व’

समाधान संवाददाता २०७६ माघ ८ गते १२:५४

समाधान संवाददाता
पोखरा

पोखरामा फागुन ३ गते हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने दायित्व आयोजकको मात्र नभई नागरिक र सरकारको समेत उत्तिकै भएको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथनसम्बन्धी अन्तत्र्रिmयामा उनले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘यसलाई अझ बृहत बनाउन सबैले पहल गरौं ।’ वर्षको १ दिन सहभागितामात्र नसोची स्वास्थ्यका लागि दौडिने वातारण बनाउनतर्फ लाग्नुपर्ने उनको सुझाव थियो । म्याराथनलाई साथ दिन प्रदेश सरकार संरक्षकको भूमिकामा रहने पनि मन्त्री गुरुङले बताए ।

पोखराका मेयर मानबहादुर जिसीले म्याराथनलाई महानगरको पूर्ण साथ रहने बताए । उनले भने, ‘पोखरामा ७ हजारमात्रै होइन, १४ हजार दौडिनुपर्छ र यसलाई सफल बनाउनुपर्छ ।’ उनले पोखरा भगिनीसम्बन्ध रहेका सहरमा यसको प्रचारप्रसार र सहभागिताका लागि पत्रचारसमेत गरिएको जानकारी दिए ।

Advertisement

मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले गरेको ऐतिहासिक कार्यका बारेमा जानकारी दिए ।

अन्तत्र्रिmयामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अब हुने म्याराथनबारे प्रष्ट्याए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । अन्तक्र्रियामा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण गुरुङ, घरपझोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष शर्मिला गुरुङ, तमु धिं एसोसिएसन युकेका संस्थापक अध्यक्ष मीन गुरुङ ‘सिक्लेसी’, एनआरएन बेलायत राज्य समिति उपाध्यक्ष लालबहादुर गुरुङ (एलविजेड), विभिन्न बैंकका अध्यक्ष तथा कार्यकारी प्रमुख, समाजसेवी तथा खेलप्रेमीको उपस्थिति थियो ।

Advertisement

१४ औं संस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यले पोखरा म्याराथनलाई शान्तिका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले जनाएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा बढीको सहभागिता रहनेछ । पोखरेली मञ्च युकेको नेतृत्वमा युके बाट १ टोली, हङकङ, अमेरिका, जापान लगायत अन्य देशबाट सहभागिताका लागि आउने भएका छन् ।

पोखरालाई म्याराथनमा विदेशी धावकलाई आकर्षित गर्न पुरस्कार राशिमा वृद्धि गरिएको छ । यसपटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश नगद १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना हुनेलाई नगद १५ हजार प्रदान गरिनेछ ।

पोखरा म्याराथन १० किलोमिटर महिला÷पुरुष, ५ किलोमिटर छात्र÷छात्रा, ह्विल चियर र दृष्टीविहीन दौडलाई निरन्तरता दिइएको छ । १० किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद १५हजार , १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ । ५ किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, ५ हजार र ४ हजार प्रदान गरिनेछ । महिला÷पुरुष ह्विल चियर र दृष्टीविहिन दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई ५ हजार, ३ हजार र २ हजार प्रदान गरिने मञ्चले जनाएको छ । पोखरा म्याराथनमा २८ जना धावक पुरस्कृत हुनेछन् । मञ्चले खेलाडी दर्ता अनलाइनबाट गर्ने जनाएको छ । पोखरा म्याराथनको वेबसाइट र मोबाइल एप्सबाट खेलाडीले नाम दर्ता गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया