ब्रिगसनका विद्युतीय गाडी बजारमा

समाधान संवाददाता २०७६ माघ ८ गते १४:१६

समाधान संवाददाता
पोखरा

ब्रिगसनका इलेक्ट्रिक सवारीले सबैभन्दा धेरै माइलेज दिने रेकर्ड बनाएका छन् । सरकारले विद्युतीय सवारीमा जोड दिएकाले कम्पनीले विद्युतीय सवारी आयतमा गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक तथा सिइओ काजिमान आत्रेयले जानकारी दिए । यी सवारी साधन कम्तीमा १५ सिटदेखिका माइक्रोबस र ४२ सिट क्षमतासम्मका बस हुनेछन् ।

बिक्सन कम्पनीका विद्युतीय सवारी नेपालमै एसेम्बल गर्ने तयारीसमेत भएको छ । करिब ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको एसेम्बल कम्पनी स्थापना गर्नका लागि जग्गा खोजी भइरहेको आत्रेयले जानकारी दिए । उनले भने, ‘ऐसम्बल प्लान्टमा स्थापनाका लागि आन्तरिक तथा बाह्य लगानी रहनेछ ।’ नेपाली बजारमा पहिलो चरणमा बस तथा माइक्रोबस ल्याउने कम्पनीको तयारी छ ।

Advertisement

विद्युतबाट सञ्चालन हुने सार्वजनिक, निजी, पर्यटकीय, स्कुल बस बनाउने कम्पनीको योजना छ । दोस्रो चरणमा कारसमेत आयत गर्ने थापाको भनाइ छ । ब्रिगसनका ब्याट्रीमा कम्पनीले २० वर्षको वारेन्टी दिएको छ ।

ती ब्याट्री पुनः प्रयोग गर्न सकिनेछ । ब्रिगसनका बसले १ पटकको फुल चार्जमा १ हजार किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । विश्वमा हरेक वर्ष वायु प्रदूषणका कारण ७० लाख मानिसको मृत्यु हुने बताइन्छ । ब्रिगसनका भारतीय प्लान्ट प्रमुख फिरोज खानले विद्युतीय सवारी अहिलेको आवश्यकता भएको बताए । उनले खर्चका हिसाबले पनि पेट्रोलियम सवारी साधनको तुलनामा एक तिहाइ खर्चमा मात्रै विद्युतीय बस सञ्चालन गर्न सकिने बताए ।

Advertisement

हिमालय अर्गनाइजेसन अन्र्तगतको हिमालय मोटरक्स कम्पनीले यसलाई नेपालमा ल्याउँदै छ । नेपालका बैकं तथा वित्तीय संस्थाले समेत इलेक्ट्रिक गाडीलाई सस्तो ब्याजदरमा गाडीको मूल्यको ८० प्रतिशतसम्म फाइनान्स सुबिधा उपलब्ध गराउने गरेका छन् ।

आगामी अप्रिल वा मेदेखि यी गाडी नेपालमा बिक्री सुरु हुने जानकारी हिमालय मोटरक्सका प्रबन्ध निर्देशक ध्रुव थापाले जानारी दिए ।

तपाईको प्रतिक्रिया