भेट्रान एट ए साइडमा पहिलो चरण पूरा

समाधान संवाददाता
पोखरा
रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।
बुधबार भएको पहिलो खेलमा अभिषेक चर्च ललितपुरले फ्रिडम एफसी ललितपुरलाई २–० ले पाखा लगाएको छ । अभिषेकको जितका लागि शिवकुमार श्रेष्ठ र सुभाष आङ थुपोले समान १ गोल गरे ।
एबिसी पोखराले पश्चिम नवलपरासीलाई ३–० ले पराजित गरेको छ । एबिसीलाई सहज जित दिलाउन विजय गुरुङ, मनकाजी गुरुङ र पूर्णचन्द्र न्यौपानेले समान १ गोल गरे ।
जोरपाटी भेट्रान टिमले पश्चिम चितवनलाई २–० ले पराजित गरेको छ । जोरपाटीको जितका लागि कैलाश डंगोल नायक बने । उनी एक्लैले २ गोल गरे । किङकम काठमाडौंलाई काठमाडौंकै १ अर्को टिम नाइट किङ गौचरनले ३–१ ले पराजित गर्यो । नाइट किङका लागि हरिबहादुर महतोले २, मनु गौतमले १ र पराजित टिमका लागि सुबोध डंगोलले १ गोल फर्काए ।
पोखराको संगम एफसी भने चितवन भरतपुरसँग २–१ ले स्तब्ध बन्यो । जितका लागि रवीन्द्र श्रेष्ठ र भरत गुरुङले समान १ गोल गरे भने संगमका लागि पूर्णबहादुर गुरुङले १ गोल गरे । यता मिया सन मिया काठमाडांैका धनवीर चौधरीको १ मात्र गोलले बानेश्वर भेट्रान पराजित भएको छ । टि बर्गर ललितपुरले बुटवल भेट्रानलाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । जितका लागि शुक्र तामाङले २ र कृष्ण मालाकारले १ गोल गरे ।
प्रतियोगिता अन्तरगत माघ ९ गते आयोजक बगर भाइ खलक सेतो र हेटौंडा भेट्रानबीच पहिलो खेल हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए । भनिमण्डल ललितपुर र अभिषेक चर्च ललितपुरबीच दोस्रो, एक्स पोखरा र लेकसाइड भेट्रानकाबीच तेस्रो, हेटौंडा रातो र सानो गौचरन तथा अन्तिम खेल जोरपाटी भेट्रान र मिया सन मियाबीच हुनेछ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया